अनेसास गण्डकीमा बाबा

पोखरा, २८ जेठ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी समितिको दोस्रो अधिवेशन पोखरामा शनिबार सम्पन्न भएको छ।

अधिवेशनले पुनः दुर्गाबहादुर शाह बाबाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा देवेन्द्र केसी, सचिवमा असफल गौतम, कोषाध्यक्षमा दुर्गा न्यौपाने रहेका छन्। यसैगरी सदस्यमा डा कालु शर्मा सुवेदी, रवीन्द्र माकाजु, कल्याण पन्त, सागर शाह, गोमा ढकाल, कृष्ण रानाभाट सारथि र गीता तिवारी गौतम रहेका छन्।  उद्घाटन समारोहमा डा कालु शर्मा सुवेदीले साहित्य सबैका लागि उच्च दर्जाको थेरापी भएको धारणा व्यक्त गरे।

नवनिर्वाचित अध्यक्षले आगामी कार्यकालमा अनेसासलाई थप उचाइमा पुर्‍याउन क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।

- अादर्श समाज सम्वाददाता