जय मनकामना सहकारीको वाषिर्कोत्सव

पोखरा, १७ जेठ । जय मनकामना बचत तथा ऋण सहकारी संस्था लामाचौर पोखराको २० औं वाषिर्कोत्सव कार्यक्रम बिहीबार सम्पन्न भएको छ । सहकारी निकै संघर्ष गरेर अहिलेको अवस्थामा आएको अध्यक्ष पौडेलले बताए ।  कार्यक्रममा संस्थाका सल्लाहकार पुष्पेन्द्र पाण्डे, सुरेन्द्रमानसिंह भण्डारी लगायतले बोलेका थिए ।

लामाचौरमा मुख्य कार्यालय रहेको सहकारीको चिप्लेढुङ्गामा सेवा केन्द्र छ । थप ४ सेवाकेन्द्र संचालन तयारी भइरहेको छ । करिब ५५ करोड कारोबार रहेको सहकारीमा शेयर पुँजी करिब १२ करोड ४३ लाख रुपैयाँ रहेको सहकारीका म्यानेजर टंकप्रसाद अधिकारीले जानकारी दिए । संस्थाका अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष संजयकुमार अधिकारीले स्वागत मन्तव्य र सचिव नविन भण्डारीले  कार्यक्रम सञ्चालन गरेका थिए ।

- एजेन्सी