चिल्डे्रन गेम्समा कास्की च्याम्पियन

पोखरा, ८ जेठ। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति आयोजनामा मंगलबार सम्पन्न प्रदेश ४ स्तरीय उपराष्ट्रपति चिल्डे्रन गेम्सको च्याम्पियन कास्की भएको छ।

कास्कीले कराँतेमा ७ स्वर्णर १ कास्य, तेक्वान्दोमा ६ स्वर्ण उशुमा ३ स्वर्ण १ रजत र २ कास्य र एथलेटिक्समा १ रजत गरी १६ स्वर्ण२ रजत र ३ कास्य पदक ल्याएको थियो।

कास्कीबाट एथलेटिक्समा एकमात्र रजत पदक रेवाज श्रेष्ठले ल्याएका थिए। समग्रमा उसले एथलेटिक्समा कमजोर प्रदर्शन गरेको छ।

यस्तै, स्या·जा ६ स्वर्ण १ रजत र १ कास्य सहित दोश्रो तथा बागलुङ ३ स्वर्ण ६ कास्य र  २ रजत सहित तेश्रो भएको छ।

प्रतियोगिता उद्घाटन गर्दै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशको खेलकुद विकासका लागि सरकार दृढतापूर्वक अघि बढेको बताउँदै प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता समेत जाहेर गरे।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेलले सीमित स्रोतसाधन बाबजुद प्रतियोगिता सञ्चालन कठिन भएको अवस्थामा सबैले खेलकुदबाट भोलिका उज्याला दिनहरुको खोजी गरिरहेको बताए।

- एजेन्सी