चोरीमा संलग्न पक्राउ

पोखरा, २ जेठ । कास्की प्रहरीले पोखराका विभिन्न स्थानमा भएका चोरीका घटनामा संलग्न २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा मान्वु घर भइ हाल पोखरा ६ बस्ने १९ वर्षे दीपक घले र उदयपुर घर भै हाल पोखरा १३ बस्ने ३१ वर्षे विन्दा तामाङ रहेको बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।

लेकसाइड खहरेचोकमा वैशाख ३१ मा चेकिङ क्रममा घलेको साथबाट चोरी गरेको ल्यापटप एक थान सहित विभिन्न कमपनीका ८ थान मोवाइल, मेमोरी कार्ड, पेनड्राइभ बरामद गरिएको हो भने न्यूरोडबाट तामाङलाई चोरी गरेका विभिन्न झोलासहित १ जेठ मा पक्राउ गरिएको हो ।

प्रहरीले  जेठ १ मा खैरो हेरोइन सहित पोखरा १०, इन्द्रचोकबाट २ जना युवायुवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १०, घलेचोक बस्ने ४० वर्षे जूना नेपाली र पोखरा १५ बस्ने वर्ष ३० का सुवास राना छन् । शंकास्पद रुपमा हिडिरहेको अवस्थामा खानतलास गर्दा उनीहरुको साथबाट ९ पोका खैरो हेरोइन बरामद गरिएको जनाइएको छ ।

- अादर्श समाज सम्वाददाता