बगर सिँचेर लाखौं आम्दानी

पोखरा, १ जेठ । वास्तवमा उनले पेसा बदल्न सक्थे । राम्रो मुनाफा दिने क्षेत्रमा लगानी गर्न सक्थे । तर बगरमै श्रम, सीप र पसिना सिँचेर युवायुस्तालाई नयाँ पाठ सिकाएका छन्, उनले । किनकि उनकै आँखाअघि निरस युवापुस्ता ठूलो संख्या विदेशी भूमिमा दिनहुँ श्रमशक्ति बेचिरहेको छ ।

तर लिला लामिछाने उमेरले छ दशक पुग्न लाग्दा कृषि र्फममै रमाइरहेका छन् । पोखरा १५, रानीखहरेस्थित सेती किनारमा उनको लोभलाग्दो ढंगले ‘नमूना अर्गानिक कृषि तथा पशु विकास र्फम प्रालि’ सञ्चालित छ । सेती बगर क्षेत्रको करिब ५४ रोपनी क्षेत्रफलमा फैलिएको र्फमका किस्सा-किस्सामा भैंसीपालन, माछापालन, कुखुरापालन, अर्गानिक तरकारी खेती, केरा खेती देख्न सकिन्छ ।

लामिछानेको जन्म पर्वतको राम्जा तिलाहारमा बाबु मानबहादुर र आमा गौरा लामिछानेको कोखबाट ५८ वर्षअघि भएको हो । २ दाजुभाइ र २ दिदी रहेकोमा उनले ११ वर्षकै उमेरमा बाबु गुमाए । यद्यपि गाउँघरमा दुःखजेलो गरी जीवनको गति अगाडि बढाउँदै गए । पछि भारतीय सेनामा भर्ति भएका उनी २०५१ सालमा पेन्सन निस्के । त्यसबेलासम्म उनको परिवार पोखरा बसाइँ सरिसकेको थियो । साढे १६ वर्ष पल्टन सेवा पूरा गरेपछि पोखरामा सुरुवातमा जेसिबीको डिलर लिए । सो व्यवसायमा खासै मन गएन । किनकि उनको अभिरुची कृषि गड्यो । र, झरे सेती बगरतिर ।

एक दशकअघि नेपाल बैंकको लिलामीमा रहेको बगर क्षेत्रको ५४ रोपनी जग्गा खरिदपछि सो ठाउँ सदुपयोग गरी उनले पशुपालन तथा अर्गानिक खेती थाल्ने योजना बनाए । त्यहाँ पुग्ने मोटरबाटो थिएन । करिब २ किमीबाटो आफैले करिब १० लाख खखर निर्माण गरे । बगर खेतीयोग्य बनाउन सम्याए । सुरुवातमा उनले र्फममा गाईपालन थाले ।

७ वर्षअघि उनले १४ वटा गाईबाट पशुपालन व्यवसाय थालेका हुन् । गाई मर्ने र त्यसले राम्रो नभएर भैंसीपालनमा आकषिर्त भए । उन्नत जातको भैंसी खरिदका लागि भारतको बिहार राज्यको बेतिनी पुगे । हाल फार्ममा पाडापाडी गरेर कुल ५६ वटा भैंसी छन् । लामिछानेले दैनिक झण्डै सय लिटर भैंसीको शुद्ध दुध बेच्छन् ।

‘नेपाली पुस्ता कहिलेसम्म विदेशिने -’ स्वदेशमै केही गर्ने सल्लाह दिँदै प्रश्न गर्छन्, ‘युवा जनशक्ति यसरी बाहिर जाँदा नेपाल कस्ले बनाउने ?’

ढल्कदो उमेरमा पनि उत्तिकै जाँगरिला लामिछाने हरेक क्षेत्रमा प्रशस्त सम्भावना देख्छन् । २८ जनाका रोजगारदाता उनी चाउथेबाट दैनिक गाडी चलाउँदै फार्म र्झछन् । भन्छन्, ‘कुनै पनि काममा सीप, जाँगर, लगनशील र समर्पण चाहिन्छ ।’ उनको फार्मको कथा यत्तिकै सकिँदैन । फार्ममा अको मनै लोभ्याउने विषय भनेको कुखुरापालन । यहाँ लहरै ८ वटा कुखुरा फार्म छन् । एउटै र्फममै ४ हजार वटा चल्ला अट्ने क्षमता छ । यतिखेर प्यारेट जातको १४ हजार चल्ला हुर्किरहेका छन् । थाइल्याण्ड, फिलिपिन्सबाट खरिद गरिने यो चल्ला यहाँसम्म ल्याइपुर्‍याउन भने निकै झन्झटिलो रहेको उनको गुनासो छ । शुरुवातमा जिल्ला पशु सेवा कार्यालयको सिफारिस बनाउनेदेखि एयरपोर्टसम्म विभिन्न शीर्षकमा पैसा बुझाउनुपर्छ । यहाँ ल्याइपुर्‍याउँदा कतिपय मरेर ठूलो नोक्सानी बेहोर्र्नुपर्छ ।  आफ्नै फार्ममा हृयाचरिङ गरिन्छ । खरिद गर्दा प्रतिचल्ला ४० देखि ६० रुपैयाँसम्म पर्छ । यो जातको कुखुरालाई २४ घण्टामा मात्र एकपटक दान खुवाए पुग्छ भने अन्य बेला पानी खुवाइन्छ । कुखरा फार्ममा रेखदेखको जिम्मा लिएका यसबारे जानकार विपीन पाठक भन्छन्, ‘६ महिनासम्म पालेपछि मात्र प्रोडक्ट फेज आउँछ । एउटा कुखुराले सरदर ९० वटासम्म अण्डा पार्छ । यो जातको कुखुरा ३ देखि साढे ३ किलोसम्म हुन्छ ।’ यसका अलावा लामिछानेले ८ कुखुरा फार्ममध्ये १ फार्ममा क्रस गरिएका लोकल जातका करिब ४ सय वटा कुखुरा पनि पालेका छन् । यसरी सबै कुखुरा फार्मबाटै मात्रै वाषिर्क ४०/५० लाख आम्दानी हुने उनी सगर्व बताउँछन् ।

र्फमको १० रोपनी क्षेत्रफलमा भने हरियै केराखेती छ । घीउ केरा/मालुङ्गे जातको केराको बोट सिँचिदै सेती बग्छ ।

यस्तै, कुनै पनि विष नहालिकन तरकारी खेती गर्न रुचाउने लामिछानेको फार्ममा टमाटर पनि बाक्लै । ७ वटा टनेलमा रोपिने टमाटर ३५ दिनमै फल्छ र उत्पादन दिन्छ । एउटा बोटमा ८ किलोसम्म उत्पादन हुने र यसले १० महिनासम्म निरन्तर उत्पादन दिने उनी बताउँछन् ।

यस्तै, दैनिक उनले ८८ किलोग्रामसम्म अर्गानिक साग बिक्री गर्छन् । ५ वटा पोखरीमा पालिएका ग्रास्का, कमनकाप्र, रैनी जातका माछा पानीमा सल्बलाउँछन् । एउटै पोखरी डेढ रोपनीमा फैलिएको छ ।

लिलालाई काममा श्रीमती माया र छोराछोरीले पनि फुसदमा सघाउँछन् । उनका २ भाइ छोरा र १ छोरीमध्ये जेठा शंकर बीबीए सकेका छन् । कान्छा विशाल एमबीबीएस गर्दैछन् भने छोरी आशा बीएस्सी नर्सिङमा अध्ययरत् छन् ।

फार्ममा उत्पादित दूध, मासु, तरकारी उनको स्वागतम् पार्टीम्म पनि आइपुग्छ । पृथ्वीराजमार्ग किनार  पोखरा चाउथेमा रहेको सो पार्टीप्यालेस पनि पोखरामै चल्तीको पार्टीप्यालेस हो ।

‘इमान्दार, मेहनती मानिसले कहिले पनि झुक्नु पर्दैन,’ उनको अहिलेसम्मको बुझाइ हो । स्वास्थ्यमा कहिल्यै पनि सम्झौता नगर्ने उनी अर्गानिक खेती उत्पादित गरेर कृषिमा नेपाल आत्मनिर्भर बनोस् भन्ने चाहना राख्छन् । तर अहिलेसम्म राज्यबाट कुनै पनि सहयोग र अनुदान नपाएका उनले जाँदाजाँदै तिक्कता पोखे, ‘केही गरेर खान्छुभन्दा खुट्टा तान्ने प्रवृत्ति छ ।’

- विजय नेपाल