फोहरमैला व्यवस्थापन सचेतना

लेखनाथ, १ जेठ।  सबै वडाबासीको सहयोग र सहकार्यमा वडालाई नमूनायोग्य वडा बनाउने अभियानका साथ पोर्चेरा लेर्चेनाथ महानगरपालिका वडा २९ ले वडास्तरीय फोहरमैला व्यवस्थापन तथा सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ।

सरसफाइबारे सचेत गराउने उद्देश्यले मंगलवार वडास्तरीय टोल विकास संस्थाबीच राखिएको छलफल कार्यक्रममा वडाध्यक्ष चेतबहादुर गुरुङले फोहरको उचित रुपमा वर्गीकरण गरी वडालाई नमूना वडा बनाउन सबैले घरका फोहर उचित रुपमा व्यवस्थापन गर्न आग्रह गरे।

कार्यक्रममा पोर्चेरा लेर्चेनाथ महानगरपालिका सरसफाइ शाखाकी प्रमुर्चे कल्पना बराल, फोहरमैला प्रालि सञ्चालक सन्तोष पौडेलले साविक लेर्चेनाथ नगर क्षेत्रभित्र रहेका वडाको फोहर संकलन गर्ने जिम्मा जष्ट इन टाइम कम्पनीले लिएको हुँदा सरसफाइ कार्यमा सबै वडावासीको सहयोग र साथ चाहिने बताए ।

- अादर्श समाज सम्वाददाता