घरबास व्यवस्थापन तालिम

पोखरा, ३० वैशाख। होमस्टे व्यवस्थित र व्यावसायिक बनाउन घरबास व्यवस्थापन तालिम दिइएको छ ।

गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल -भिटोफ) प्रदेश ४ को आयोजनामा पोखरामा भएको तालिममा पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाले राज्यले होमस्टेलाई दिने सेवासुविधा र प्रक्रियाबारे, नेपाल एकेडेमिक अफ टुरिज्म एण्ड होटल मेनेजमेन्ट (नाथम) का प्रशिक्षक राजित महर्जनले होटल व्यवस्थापनसम्बन्धी तालिम, तारानाथ पहारीले मिडिया र होम स्टेको सम्बन्ध, विष्णु तिमिल्सिनाले लेखाप्रणालीको बारेमा, तारा गौतम र सुशीला भण्डारीले प्राथमिक उपचारको बारेमा प्रशिक्षण दिएका थिए ।

भिटोफका निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक तारानाथ पहारीले गाउँका सम्भावनालाई पहिचान गरेर चुनौती निराकरण गर्दै एक गाउँ, एक उत्पादन नीतिलाई अवलम्बन गर्दै प्रदेश ४ लाई होमस्टेको राजधानी बनाउनु पनेमा जोड दिए ।

सिरुवारी होम स्टेका जुमबहादुर गुरुङ र कालावाङ घरेडी होम स्टेका अध्यक्ष प्रकाश गुरुङले तालिमले होम स्टे सञ्चालनमा धेरै सहयोग पुगेको बताए।

दुर्इदिनसम्म सञ्चालन भएको सो कार्यशालामा स्याङ्जाको सिरुवारी, पित्लेक देउराली, रामकोट र सुन्तलावारी, कास्कीको याङ्जाकोट, ताङ्तिङ, कालाबाङ घरेडि, चिलाउने खर्क र भुजेल गाउँ, तनहँुको तनहुँसुर, वन्दिपुर र दुम्सी दरै, बाग्ालुङको जलजला, भकुण्डे र अतिथि सत्कार, गोर्खाको पसलाङ र वारपाक, नवलपरासीको प्रि्रहर र अमलटारी, लम्जुङको पुरानो कोट, मनाङको ओडार होम स्टेका सञ्चालक सहभागी भएका थिए।

सहभागीलाई प्रशिक्षक रोजित महर्जन, पूर्व महासचिव नवराज अधिकारी, तारानाथ पहारी लगायतले प्रमाणपत्र वितरण गरेका थिए।

भिटोफ प्रदेश ४ का अध्यक्ष रवीन्द्रराज पौडेलको अध्यक्षतामा भएकोका कार्यक्रममा स्वागत उपाध्यक्ष राजु दाहाल र सञ्चालन सदस्य सन्तोष सापकोटाले गरेका थिए।

- एजेन्सी