लायन्स आदर्श चौतारीमा नयाँ समिति

पोखरा, २९ चैत । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले लायन वर्ष २०१८/०१९ का लागि चन्द्रेश्वर बस्ताकोटीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको प्रथम उपाध्यक्षमा भरतराज शर्मा, द्वितीय उपाध्यक्षमा नारायणबहादुर थापा, तृतीय उपाध्यक्षमा शिव नेपाली, सचिवमा वसन्तराज कोइराला र कोषाध्यक्षमा मोहनराज पौडेल छन् । त्यस्तै, एमएमसीमा भगवान् श्रेष्ठ, रिपोर्र्टिङमा राजन भण्डारी, पिआरओमा सन्तोष सिग्देल, टेमरमा पोषणराज खनाल, सहसचिवमा रुपबहादुर गुरुङ, सहकोषाध्यक्षमा सञ्जीव बास्तोला, टेलट्विष्टरमा सञ्जय शर्मा, डाइरेक्टरमा दीपकराज घिमिरे, सञ्जय थापा, दीपक गुरुङ, अशोक केसी र रमेश क्षेत्री छन्।

क्लबका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीको संयोजकत्वमा गठित निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।

निर्वाचित पदाधिकारी एवं सदस्यमा रिजन चेयरपर्सन बालाकृष्ण शर्मा, जोन चेयरपर्सन तेजबहादुर भट्टराई, एक्सिटेन्स चेयरपर्सन राजु श्रेष्ठ, क्लबका अध्यक्ष दयाशंकर गौतम र संस्थापक अध्यक्ष बासु कोइरालाले माला लगाएर बधाई दिएका थिए ।

क्लब अध्यक्ष दयाशंकर गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव शिव नेपालीले गरेका थिए ।

- अादर्श समाज सम्वाददाता