ओमको कावासोती र बर्दघाट शाखा विस्तार

पोखरा, २२ चैत । ओम डेभलपमेन्ट बैंकले बिहीबार नवलपरासीको कावासोती र बर्दघाट शाखा सञ्चालनमा ल्याएको छ ।

कावासोती शाखा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कावासोती नगरपालिका मेयर चन्द्रकुमारी पुनले कुमारवती बहुमुखी क्याम्पसका विद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रवृद्धि घोषणा गर्दै शाखा तथा शाखाको एटिएमको उद्घाटन गरिन् ।

उता प्रमुख अतिथि बर्दघाट नगरपालिकाका मेयर धीरज शर्मा बसेलले बर्दघाट शाखा उद्घाटन गरे ।

उनले दीपज्योति बहुमुखी क्याम्पसका विद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रवृत्ति घोषणा गरे ।

बैंकले फागुन मसान्तसम्म १८ अर्ब १५ करोड निक्षेप संकलन गरी १६ अर्ब ३२ करोड कर्जा लगानी गरेको छ ।

बंैकको हाल शाखा ५२, कर्मचारी ३ सय ९९, ग्राहक करिब २ लाख ३१ हजार, एटिएम संख्या ११ रहेको प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए ।पोखरामा केन्द्रिय कार्यालय रहेको बैंकका उपत्यकाभित्र ८ वटा शाखा तथा उपत्यका बाहिर ४० वटा शाखा र एउटा एक्सटेन्सर काउन्टर रहेको छ।बैकले ग्राहकलाई निःशुल्क सि-आश्वा सेवा प्रदान गरिरहेको छ भने बिना धितो १५ लाखसम्म प्रोफेशनल कर्जा प्रदान गर्दै आएको  बैंकका अध्यक्ष सुशीलकुमार गोशलीले जनाए ।

- अादर्श समाज सम्वाददाता