‘एसोदा कुल’ अफर

पोखरा, २० चैत । एसोदा कम्पनीले गर्मीयाम शुरुवातसँगै रेफ्रिजेरेटरमा १२ प्रतिशतसम्म छुटसहित ‘एसोदा कुल’ अफर ल्याएको छ ।

उक्त अफरबारे जानकारी दिन पोखराका विभिन्न ३ स्थानमा मंगलबार रोड शो गरिएको छ ।

सिर्जनाचोक, बिरौटा र बेगनासमा छुटसम्बन्धी सन्देशमूलक रोड शो गरिएको कम्पनीका एशिया सेल्स म्यानेजर पुरुषोत्तम जैसवालले जानकारी दिए ।

कार्यक्रममा करिब ५ सय जनालाई स्किम पेपर वितरण गरिएको थियो । ग्राहकले बैशाख महिनाभर पेपर लिएर एसोदा ब्राण्डका सामान बिक्री गर्ने निश्चित पसलमा गएमा रेफ्रिजेरेटर खरिदमा १२ प्रतिशतसम्म छुट सुविधा पाउने जैसवालले जानकारी दिए ।

कम्पनीले रेफ्रिजेरेटर सहित एलइडी टीभी, डिफ्रिज, वासिङ मेसिन, एयर कन्डिसनर, भ्याकूम क्लीनर, स्पीकर, राइसकुकर, इलेक्टि्रक केट्ली, इलेक्टि्रक कप, हिटर, टेलिफोन लगायत सामान बिक्री गर्दैआएको छ ।

- अादर्श समाज सम्वाददाता