न्यू इयर पोखरामा ‘फुड कार्निभल’

पोखरा, १५ फागुन । आई ब्लुज म्यानेजमेन्ट प्रालिले नेपाली नयाँ वर्ष २०७५ को अवसरमा अन्तर्राष्ट्रियस्तरको ‘फुड कार्निभल’ कार्यक्रम आयोजना गर्ने भएको छ । चैत ३० मा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा कार्यक्रम गर्न लागिएको हो ।

नेपालीहरुमा नयाँ वर्षको आकर्षण बढाउन र खानाका परिकार तथा डिजे म्यूजिकमा रमाउने वातावरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको प्रालिका प्रबन्ध निर्देशक कुशल थापाले जानकारी दिए । उनका अनुसार कार्यक्रममा विभिन्न संास्कृतिक पहिचान झल्काउने पोशाक, इच्छा अनुसारको फेस माक्स मेकिङ, विभिन्न पेसा व्यवसायसँग सम्बन्धित डे्रस कोड, विभिन्न देशहरुको पोशाक लगाएर उपस्थित हुन मिल्छ ।

उत्कृष्ट पोसाकलाई आयोजकले मूल्यांकन गरेर सिंगापुर, थाइल्याण्ड, दुर्बई, इन्डोनेसिया लगायत देशको भ्रमणमा लैजानेछ ।

यस्तै, उत्कृष्ट दाह्री प्रदर्शन गर्नेलाई वेष्ट वियर्ड घोषणा गरी एट प्लस वा सामसुङको एट एज मोवाइल उपहार दिइने थापाले बताए । वेष्ट हेयर स्टाइलिस ५/५ जना महिला तथा पुरुषलाई मिडटाउन ग्यालेरियास्थित हङकङ यूनिक सलुनमा सोखअनुसारको हेयर स्टाइल बनाउने अवसर दिने, वेष्ट डे्रस महिलामध्येबाट उत्कृट १० जनालाई मिडटाउनस्थित क्लाउड नाइनमा दशहजार बराबरको सपिङ भौचर उपलब्ध गराइनेछ । कर्यक्रममा राष्ट्रियस्तरका डिजे कलाकार आउनेछन् । दुर्इ चरणमा हुने कार्यक्रमका लागि टिकटको व्यवस्था गरिएको प्रालिका उपाध्यक्ष धीरज थापाले बताए । उनका अनुसार पहिलो चरणमा दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्म १ हजार रुपैयाँको टिकट छ भने ७ बजेदेखि सञ्चालन हुने दोश्रो चरणको कार्यक्रमका लागि २ हजार रुपैयाँको टिकट छ ।

रातिको टिकटमा वेलकम डि्रंक्सको समेत व्यवस्था गरिएको छ । १२ हजार रुपैयाँ दरको टिकट लिएर बाहिरी जिल्लाबाट आए दुर्इजनालाई एकतर्फी यातायात सुविधा, वेलकम डि्रङ्स, विहानको ब्रेकफाष्ट, फेवातालमा बोटिङ र उच्चस्तरीय होटलमा बासको समेत व्यवस्था मिलाइएको छ ।

यस्तै, बिहानको ब्रेकफाष्ट र फेवातालमा बोटिङ कार्यक्रममा २ हजार ५ सय भन्दा बढी सहभागी हुने आयोजकको अनुमान छ । त्यसमध्ये २ सय जना विदेशीमात्रै हुनेछन् । कार्यक्रमको आम्दानीमध्ये ५ प्रतिशत महावीर पुनले शुरु गरेका आविष्कार केन्द्रलाई सहयोग गर्ने आयोजकले जनाएको छ ।

- अादर्श समाज सम्वाददाता