फिल्म ‘सुश्री सम्पति’ शुभमुर्हूत

पोखरा, १५ फागुन । प्रेम र कमेडीमा आधारित नेपाली फिल्म ‘सुश्री सम्पत्ति’ पोखराबाट शुभमुर्हूत गरिएको छ । विन्ध्यवासिनी मन्दिर क्षेत्रमा मंगलबार उक्त फिल्मको शुभमुर्हूत गरिएको हो।

सम्पूर्ण छायांकन पोखरामा हुने र एउटा गीतमात्र भक्तपुरमा छायांकन गर्ने निर्माण पक्षले जनाएको छ। सलोन बस्नेत, सारा शेपाईली, विनोद न्यौपाने, प्रमोद अग्रहरि, राजाराम पौडेल, जयानन्द लामा लगायत कलाकारको मुख्य अभिनय रहेको उक्त फिल्ममा पोखराका कलाकारलाई पनि समावेश गरिने भएको छ।

आगामी तिजको बेला पारेर रिलिज गर्ने बताइएको सुश्री सम्पत्तिमा नायिका प्रियङ्का कार्कीको समेत भूमिका छ।

फिल्म सुव्रत आचार्यको लेखन तथा निर्देशनमा बन्न लागेको हो ।

- एजेन्सी