पोखरा फाइनान्सको मोवाइल बैंकिङ

पोखरा, १३ फागुन । पोखरा न्यूरोडमा प्रधानकार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले मोवाईल बैंकिङ सेवाको शुभारम्भ गरेको छ । संस्थाका अध्यक्ष भुवनसिं गुरुङले उक्त सेवाको शुभारम्भ गरे।

उक्त सेवाबाट ग्राहकले आफ्नो मोवाइलबाटै रकम स्थानान्तरण, महसुल भुक्तानी, बैंक स्टेटमेण्ट, चेकबुकको आदेश लगायत सेवा सहज रुपमा प्राप्त गर्नेछन् ।

यसैबीच, संस्थाले आफ्ना कर्मचारीको कार्यक्षमता अभिवृद्धिको लागि बिआईएम मार्फत् एकदिने तालिम समेत सञ्चालन गरेका फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए ।

चुक्ता पुँजी ६५ दशलमब ५७ करोड रुपैयाँ रहेको संस्थाले २०७४ पुससम्ममा निक्षेप करिब ३ अर्ब ९४ करोड ७७ लाख रुपैयाँ एवं कर्जा ३ अर्ब ७० करोड १७ लाख रुपैयाँ तथा सञ्चालन मुनाफा ७ .०२ करोड रुपैयाँ कायम गर्न सफल भएको छ भने चुक्ता पु“जी वृद्धिका लागि हालै १५ प्रतिशत सेयर निष्कासन गरिएको एवं निकट भविष्यमा भैरहवा, नारायणगढ तथा वेसीशहरमा गरी थप ३ शाखा सञ्चालनमा ल्याउने बैंकले जनाएको छ ।

- एजेन्सी