महिन्द्राको ‘मेगा डेलिभरी’

पोखरा, २ फागुन।महिन्द्रा गाडीको गण्डकी धौलागिरीको आधिकारिक विक्रेता वतास व्रदर्श प्रालिले महिन्द्रा गाडीको मेगा डेलिभरी गरेको छ ।

पुस २१ गतेवाट माघ मसान्तभित्र गाडी वुकिङ् गरेका १ सय ७० जनामध्ये २० जना ग्राहकहरुलाई वुधवार एक कार्यक्रम आयोजना गरी एकैपटक गाडीको चावी हस्तान्तरण गरेको हो।

वतास अर्गनाइजेशनका मानव संशोधन विभाग प्रमूख विश्वमणि भण्डारी र महिन्द्राका विक्रि प्रवन्धक पुष्पराज वरालले संयुक्त रुपमा ग्राहकहरुलाई गाडीको चावी प्रदान गरे।

महिन्द्राको स्कोरपियो जिप, स्कोरपियो पिकअप, वोलेनो जिप र  वोलेनो पिकअप गाडी डेलिभरी गरेको हो । ‘महिन्द्राका मोडलहरु यस क्षेत्रमा अत्यन्त लोकप्रिय छन्। एकैपटक ग्राहकहरुलाई गाडी हस्तान्तरण गर्न पाउँदा खुशी छौँ’ वरालले भने, ‘४० दिनको अवधिमा १ सय ७० गाडी वुकिङ हुनु महिन्द्रा गाडीप्रतिको आकर्षण हो।’

- अादर्श समाज सम्वाददाता