आशाका झिल्का जगाउँदै अपुरो

‘जुन गोरुको सि· छैन उसैको नाम तिखे’। यो पुरानो उखान घरगाउँमा निकै चलनचल्तीमा रहेको पाइन्छ। यतिखेर त्यही झल्को दिने काम कास्की लाहाचोकका राजु क्षत्रीले गरेका छन्।

लाहाचोकमा रहेर खेती किसानीमा रहँदासम्म उनी राजु क्षत्री नै रहे। गाउँमा रहदा विभिन्न सामाजिक सेवामुलक कार्यका साथसाथै, सांस्कृतिक, साहित्यिक र अतिरिक्त क्रियाकलाप गराउँदै आएका राजु क्षत्री समयको कालक्रम सँगसँगै रोजगारीको सर्न्दर्भमा परदेशमा पुग्न थाले।

परदेश र घरदेश गर्दै कहिले लस्तीखोला कृषक समूह स्थापना गरेर माछा, कुखुरा, बंगुरलगायतको कृषि क्रान्तिमा लागे। कहिले फुटबल तथा भलिबलको स्तरोन्नतिका लागि भनेर काम गरे। यसरी उनले विभिन्न कार्य गरे तर ती उनका योजना पूरा हुन पाएन। यो मात्रै होइन, कृषि कार्य सँगसँगै उनी बिस्तारै साहित्य लेखनमा लाग्न थाले। लाहाचोक साहित्य सदनकोसमेत स्थापना गरेर लाहाचोकलाई साहित्य साधनाको स्थल बनाउने अभिलाषा पनि पाले। यसरी समय बित्दै जाँदा जुनसमयदेखि उनको साहित्यसँगको सहयात्रा हुन थाल्यो त्यही समयदेखि उनले आफूलाई ‘अपुरो’ देख्न थाले।

सरसर्ती उनको जीवनलाई नियाल्दा पारिवारिक, आर्थिक, सामाजिक सबै हिसाबले उनी अपुरा देखिँदैनन्। तर माथि भनिएको उखान जस्तो विपरित उनको असल चरित्र निर्माण भइरहेको वेला उनलाई भने अपुरो नै प्यारो लाग्न थालेको छ।

परदेशमा जागिर घरदेशमा मन राखेका अपुरोले आफ्नो गाउँ लाहाचोकमा कुनै सामाजिक गतिविधि भयो भने यथासक्य आर्थिक सहयोग पनि गरी हाल्छन्। साहित्यकार बिरामी भए उनैले आर्थिक सहयोग उठाएर पठाउँछन्। गाउँका विपन्न बिरामी भएर उपचार पाएनन् भने हारगुहार गरेर पैसाको जोहो गर्छन। यसरी आफ्नो जन्मथलो भनेपछि हुर्रुर्क्कै गर्ने अपुरो मलेसिया बसाइको लामो समयपछि नेपाल आएर केही समयको नेपाल बसाइपछि पुनः मलेसियामै छन्।

झण्डै छ वर्ष अगाडि मलेसियाबाट आएर उनले २०६९ सालमा केही टिपनटापन लघुकथा जम्मा गरेर ‘मेरा केही लघुकथाहरू’ कृति प्रकाशन गरे। लघुकथाकारको कोटामा आफ्नो नाम लेखाए। त्यसपछिका दिनमा निरन्तर लघुकथा लेख्नमा तल्लिन अपुरोले ‘लघुकथा कुनो’मा एकैदिनमा छ वटासम्म कथा पोष्ट गरेको पनि देखियो। यसरी उनी लेखनमा पूरापुर लागे तापनि साहित्यिक जीवनमा अपुरै देखिए।

क्रियाशील साहित्यिक यात्राको पाँच छ वर्षसम्म उनले आफूलाई कति पुरो गराए ? त्यो साधनाले  देखाउने कुरा हो, तर उनको नाम भने अपुरै देखिएको छ। साहित्य साधनामा लागेपछिको अपुरो यतिखेर लघुकथाका क्षेत्रमा क्रियाशील रहँदै आएका छन्। उनको त्यो अपुरोपनलाई पूरा गर्न आफ्ना लघुकथालाई २०७३ सालमा ‘भाग्य र कर्ममा’ दाँजेर हेरे। जुन कृतिलाई पनि उनी मलेसियामा बसेर आफ्नै जन्म गाउँमा लोकार्पण गराए।

झण्डै पाँच दर्जन लघुकथा समावेश गरेर प्रकाशन गरेको उनको कृतिको सफलताले  पुनः अर्को लघुकथाकै कृति प्रकाशनका लागि हुटहुटी जगायो। फलस्वरूप

आफ्ना साहित्यिक कृतिमा लघुकथालाई पहिलो प्राथमिकतामा राखेर हाल पाँच दर्जन बढी लघुकथा समावेश गरेको कृति प्रकाशन गरेर ह्याटि्रक गरेका छन्। लघुकथामा ह्याटि्रक गरेका स्रष्टा अपुरोको आशाका झिल्का कृतिको आइतवार उनको जन्म गाउँ लाहाचोकको बानेटाकुरामा लोकार्पण गरिएको छ।

विगतका वर्षमा झार र बुट्यानले उक्त टाकुराको शिव मन्दिरको अस्तित्व नै ओझेलमा पारेको अवस्था एकातर्पm थियो भने अकोर्तर्फ माथि उक्लदा तल खसेर अङ्गभङ्ग हुने जोखिम उत्तिकै थियो।

अब ती सबै समस्याको निराकरण भएको छ, लाहाचोकका विकासप्रेमी युवाको जागरणले। जसमा अपुरोका परिवारको उल्लेख्य योगदान देखिन्छ। यसरी, एकातर्फ बानेटाकुरामा रहेको उक्त शिवको मन्दिर संरक्षण गरी झकिझकाउँ पारिएको छ भने अर्कातर्फ त्यसैको प्रचारप्रसार र बहुउद्देश्य भवन निर्माणका लागि बानेटाकुरा महाशिवरात्री महामेला-२०७४ कार्यक्रम पहिलो पटक आयोजना गरिएको कार्यक्रम संयोजक पानबहादुर जिसी बताउछन्।

बाटोघाटो संरक्षण, धार्मिक तथा सांस्कृतिक स्थलको संरक्षण, एम्बुलेन्स अभियान, खेलमैदान स्तरोन्नति, लभचौतारीको प्रचारप्रसारजस्ता गतिविधिलाई अगाडि बढाउन विगत सातवर्षदेखि ओमनमा रहेका रामबहादुर जिसी पनि उस्तै गरेर लागिरहेको छन्। उनले बानेटाकुरालाई लाहाचोकको स्र्वर्गका रूपमा विश्वमा चिनाउन चाहेको कथाकार अपुरो बताउँछन्।

यसरी बानेटाकुराको संरक्षण र चर्चा परिचर्चाका लागि आयोजना गरिएको सोही महामेलाका बीच पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख प्राडा दिलबहादुर क्षत्री र अपुरोलाई एसएलसीसम्म अध्यापन गराएका शिक्षक भुवनेश्वर शर्मा पौडेलले उनको तेस्रो लघुकथा कृतिको संयुक्त रूपमा लोकार्पण गरे।

कृतिका बारेमा बोल्दै प्रमुख अतिथि प्राडा क्षत्रीले हामी वाध्यताले परदेश जान परे तापनि मन, वचन, सोच र चिन्तन राष्ट्रप्रति हुनुपर्छ भन्ने शिक्षा राजु क्षत्री अपुरोले दिएको बताए।

प्रमुख अतिथि क्षत्रीले राजुका कथामा राष्ट्र, राष्ट्रियता, समाज र संस्कृत्रि्रतिको चिन्तामात्र व्यक्त नभएर देशमा मौलाएको भ्रष्टाचार र शोषणको पनि खरो विरोध रहेको छ भने।

बानेटाकुरामा सञ्चालित महाशिवरात्री महामेलाका बारेमा बोल्दै अतिथि क्षत्रीले भने, ‘राष्ट्रको पहिचान मौलिक संस्कार र संस्कृतिसँग रहेकाले त्यसलाई जोगाउन बानेटाँकुराले भजन, रत्यौली, पञ्चेबाजालगायतका प्रतियोगिता राखेर संरक्षणका लागि गरेको योगदान स्तुत्य रहेको छ।’

अपुरोलाई एसएलसीसम्म अध्यापन गराएका गौरीशंकर मावि हेमजाका पूर्व प्रधानाध्यापक भुवनेश्वर शर्मा पौडेलले समाजमा भएका अराजकताप्रति कटाक्ष गर्ने सचेत नागरिकका रूपमा अपुरोलाई चिनाए।

कृतिका बारेमा परिचर्चा गर्दै असफल गौतमले परदेशमा ज्यान र घरदेशमा मन राखेर साधनामा लागेका लघुकथाकार अपुरोलाई सामाजिक यथार्थवादी कथाकारका रूपमा चिनाए।

उनले मान्छे जन्मेपछि जननी र जन्मभूम्रि्रति ऋणी हुने भएकाले त्यो ऋण तिर्नका लागि उनले आफ्ना तीनवटै कृति जननीका बीचमा राखेर जन्मभूमिमा लोकार्पण गरेर स्तुत्य कार्य गरेकोसमेत बताए।

समाजमा जुन परिवारमा सधै धनको अभाव हुन्छ त्यही घरमुलीको नाम धनबहादुर रहन्छ।

‘केही लघुकथाहरू’ हुँदै ‘भाग्य र कर्म’ खोज्न निस्केका अपुरोका अबका आशाका झिल्काले उनलाई के कति सहानुभूति दिन सक्छन् ? त्यो पाठकको अदालतमै रहेको कुरा भयो।

साहित्यिक यात्रामा अपुरो नाम राखेर पूरो कर्म गर्न थालेका कथाकार राजुको लेखन यात्रा कुन उचाइमा पुगेर समापन हुन्छ त्यो भने उनको लेखन र समयले देखाउने नै छ।

- असफल गौतम