अटो स्पा सञ्चालन

पोखरा, २३ माघ । पोखरा २६, बूढीबजारमा अटो स्पा सञ्चालनमा आएको छ ।

एक समारोहमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापा, टिएन्ड मल्टिनेशनल प्रालि पश्चिमाञ्चल अटो व्यवसायी संघका अध्यक्ष कालिदास पौडेल, ट्रेड युनियन प्रदेश ४ का संयोज मुराहरि पौडेल, डाँडाकोनाक प्रहरी चौकीका इञ्चार्ज गोविन्द पुरी र लेखनाथ उद्योग वाणिज्य संघ सदस्य शैलेन्द्रमोहन भट्टराईले उक्त स्पा संयुक्त उद्घाटन गरेका हुन् ।

व्यवसायी नरेन्द्र थापाले ५० लाख रुपैयाँको लगानीमा उक्त स्पा सञ्चालनमा ल्याएको बताए ।

अत्यधुनिक मेसिनबाट कार, भ्यान, माइक्रोबस लगायत सवारीसाधन धुन सकिने सुविधा रहेको उनले जानकारी दिए ।

- अादर्श समाज सम्वाददाता