तुलसी टंकादेवी पुरस्कार जमुनालाई

पोखरा, १७ माघ । पत्रकार जमुना वर्षा शर्मा तुलसीप्रसाद टंकादेवी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएकी छन् ।

पत्रकार महासंघ कास्कीले सञ्चालन गर्ने गरी पोखरा-५ पस्र्याङका सुवर्णप्रसाद कोइराला तथा उनको परिवारजनबाट स्थापित सो पुरस्कारबाट हरेक वर्ष १ जना संचारकर्मीलाई पुरस्कृत गरिँदै आएको छ ।

पत्रकार पुण्य पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिको सिफारिसलाई पत्रकार महासंघ कास्कीको कार्यसमिति बैठकले अनुमोदन गरेको हो ।

छनोट समिति सदस्यमा महासंघका सल्लाहकार रमेश पौडेल, माधव पनेरु, महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सिना पदेनसदस्य थिए ।

पत्रकार जमुनालाई माघ २७ मा एक कार्यक्रम गरी पुरस्कार प्रदान गरिने छ । पुरस्कार राशी २० हजार १ सय र सम्मानपत्र छ ।

पोखरा एक्सप्रेस पाक्षिकको प्रधानसम्पादक, देशसंचार मल्टिमिडिया अनलाइन र रेडियो जननीमा आवद्ध उनी सञ्चारिका समूह पश्चिमाञ्चल अध्यक्ष तथा प्रेस चौतारीका केन्द्रीय सदस्य छन् ।

- अादर्श समाज सम्वाददाता