संकटालाई एपिएफ संकट

पाोखरा, ११ माघ । सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले जारी १६ औं आहा रारा गोल्डकपमा कठिन जितका साथ क्वाटरफाइनलमा स्थान बनाएको छ ।

पोखरा रंगशालामा बिहीबार तेस्रो प्रिक्वाटरफाइनलमा सिएमजी क्लब संकटालाई १-० को झिनो गोलअन्तरले पराजित गर्दै एपिएफले कठिन जित हात पारेको हो । उसको जितमा डिफेन्डर आदित्य चौधरीले २८ औं मिनेटमा गरेको फ्रिकिक गोल निर्णायक बन्यो ।

संकटाका डिफेन्डर कोएरा लार्बा फ्लोरेन्ट कोनले एपिएफका रञ्जन विष्टलाई गलत ट्याकल गरी लडाएपछि रेप|mी श्रवण लामाले कोनेलाई पहेंलो कार्ड दिँदै एपिएफलाई फ्रिकिकको अवसर दिए । सो अवसर आदित्यले खेर जान दिएनन् ।

योसहित १२ औं पटक सहभागी एपीएफ लगातार ३ वर्ष पहिलो खेलबाटै बाहिरिएको थियो । छैटौं संस्करणमा फाइनल खेलेको एपिएफ त्यसको अघिल्लो वर्ष सेमिफाइनल यात्रा तय गरेको थियो । संकटा भने यो चौथो सहभागिता हो । १२ र १३ औं संस्करणमा क्वाटरफाइनलसम्म यात्रा तय गरेको संकटा गत वर्ष सेमिफाईनलमा मनाङसँग पराजित भएको थियो । बिहीबारको प्रतिष्पर्धात्मक खेलमा दुवै टिमले धेरै पटक गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । रक्षापंक्ति बलियो बनाएर आक्रामक रणनीति लिएका दुवै टिमको फिनिसिङ कमजोर हुँदा स्कोर निकाल्न गाह्रो परेको थियो । दुवै टोलीका प्रशिक्षकले यसलाई स्वीकार समेत गरेका छन् । एपिएफ २० औं मिनेटमै गोल गर्न चुक्यो । नवीन लामाले दायाँ साइडबाट फष्र्ट बार च्यापेर गरेको कडा प्रहार विपक्षी किपर विनय श्रेष्ठले मुस्किलले जोगाए । लगत्तै राजेन्द्र रावलले प्रहार गरेको अर्को प्रहार पनि संकटाका गोलकिपर श्रेष्ठले नै विफल पारे ।

एकपछि अर्को गर्दै आक्रमण बुनेको एपिएफ गोल गरेपछि राहत महसुस गर्‍यो । ४१ औं मिनेटमा गोल गर्न पाएको अवसर पनि फुत्कियो । एपिएफका नवीनको दोस्रो प्रयास खेर गयो । ४८ औं मिनेटमा रञ्जनको पासमा नवीन लामाको फेरि अर्को प्रहार पनि खेर गयो ।

५९ औं मिनेटमा युवराज खड्का पेनाल्टी एरियामा विपक्षी खेलाडी नै नभएको अवस्थामा पनि गोल गर्न चुके । रञ्जनको पासमा उनले प्रहार गरेको बल विपक्षी गोलकिपरको हातमा सिधै पर्‍यो । ७६ औं मिनेटमा रञ्जनको पासमा रामकुमार कुमालले फितलो प्रहार गर्दा बल फष्र्ट बार हुँदै बाहिरियो । ८० औं मिनेटमा रञ्जनले नै सेकेण्ड बार च्यापेर प्रहार गरेको बल विपक्षी गोलकिपर श्रेष्ठले नै विफल पारे ।

आधा दर्जन गोलका अवसर खेर फाल्दा संकटा पहिलो चरणबाटै घर फर्कियो । २९ औं मिनेटमा संकटाका प्रकाश बुढाथोकीले पेनाल्टी एरियाबाट गरेको कडा प्रहार किपरले मुस्किलले बचाए । उनले विपक्षी गोलकिपर अमृतकुमार चौधरीमात्र हुँदा वान भर्सेज वान बल फष्र्ट बार च्यापेर प्रहार गरेकोमा चौधरीले विफल पारेका हुन् । ३९ औं मिनेटमा प्रकाशकै पासमा सुशील लामाको प्रहार पनि जाली चुम्न असफल रहृयो । ६१ औं मिनेटमा हेमन्त थापामगरको प्रहार पनि विपक्षी गोलकिपर चौधरीले रोके । ७२ औं मिनेटमा संकटाका हमेन्तको  फ्रिकिक पनि सदुपयोग हुन सकेन । ७४ औं मिनेटमा रुपेश केसीले पेनाल्टी एरियामा पाएको गोल गर्ने अवसर पनि खेर फाले ।

पोष्ट म्याच कन्फरेन्समा एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले फिनिसिङ कमजोर हुँदा जित कठिन बनेको प्रतिक्रिया दिए । लामो यात्राका कारण खेलाडीले उत्कृष्ट खेल कौशल प्रदर्शन गर्न नसकेको बताए । कैयौं प्रहारमा बलले जाली नचुम्दा खेलाडीले दबाब महसुस गरेकाले पनि दोश्रो हाफमा सोचेजस्तो प्रदर्शन गर्न नसकेको उनको स्वीकारोक्ति थियो ।

संकटाका प्रशिक्षक सल्यान खड्गीले फिनिसिङ कमजोरीका कारण पराजित हुनुपरेको बताए । उनले खेलमा हारजित हुने भन्दै खेल भने प्रतिष्पर्धात्मक भएको भन्दै खेलाडीको खेलप्रति सन्तोष व्यक्त गरे । म्यान अफ दी म्याच आदित्यलाई ५ हजारसहित ट्रफी प्रदान गरियो ।

शुक्रबार प्रिक्वाटरको अन्तिम खेलमा नेपाल पुलिस क्लब र रमपम झापा-११ प्रतिष्पर्धामा उत्रिनेछन् । झापाको यो पाँचौ सहभागिता हो । गत वर्ष क्वार्टरफाईनलमा आर्मीसँग पराजित झापा १४ औं संस्करणमा भने सेमिफाइनलसम्म पुगेको थियो । जुन उच्चतम् नतिजा हो ।

सुरुवाती वर्षमा पोखरा रंगशालामा सबैभन्दा भाग्यमानी टोली पुलिस पछिल्लो समय भने सुखद् नतिजाबाट विमुख छ । क्याराभानसहित ५ पटकको विजेता क्लब हो, पुलिस । साविक विजेता मनाङ मस्र्याङ्दी क्लबले पनि पाँच पटक उपाधि उचालेको छ । पुलिस पछिल्ला दुर्इ संस्करणमा पहिलो खेलबाटै बाहिरियो । गत वर्ष फाइनल खेलेको संकटा नै पुलिसविरुद्ध पहिलो खेलमा संकट बनेर उभिएको थियो । शुक्रबारको खेलसँगै क्वाटरफाइनल समीकरण पूरा हुनेछ । इटहरी गोल्डकप जारी रहेकाले आहा रारा गोल्डकपका बाँकी खेलतालिका सार्वजनिक भइसकेको छैन ।

- रञ्जन अधिकारी