जनप्रिय क्याम्पसलाई बीबीए कप उपाधि

पोखरा, ११ माघ। जनप्रिय बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालय बीबीए फुटबल कपको उपाधि जितेको छ।

जनप्रियले पोखराकै पृथ्वीनारायण क्याम्पसलाई १-० गोल गोलअन्तरले हराउँदै उपाधिसहित ७० हजार रुपैयाँ र ट्रफी हात पार्‍यो । उपविजेता पृथ्वीनारायण क्याम्पसले ३५ हजारसहित ट्रफी पार्‍यो।

प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय सम्बन्धनप्राप्त २३ क्याम्पसले सहभागिता जनाएको जनप्रिय बहुमुखी क्याम्पस स्ववियु अध्यक्ष आशिक गुरुङले जानकारी दिए। प्रतियोगिताको ११ औं संस्करणसम्म आइपुग्दा पोखराका दुवै क्याम्पसले पहिलो पटक फाइनल यात्रा तय गरेका हुन् ।

- अादर्श समाज सम्वाददाता