टुरिष्ट बसमा आगलागी 

पोखरा, २२ पुस । पोखराको जिरो किलोमिटरमा पार्किङ गरिराखेको टुरिष्ट बसमा शनिबार दिउँसो एक्कासी आगलागी भएको छ।

आगलागीले गाडीको भित्री भागमा क्षति पुगेको जनाइएको छ ।

रोडवेज ट्राभल्सको बेनी काठमाडौं चल्ने ना५ख ७२०४ नम्बरको उक्त बस १ महिनादेखि पार्किङ गरिराखेको अवस्थामा थियो।

प्रत्यक्षदर्शीका अनुसार बसको सिटभित्रबाट धूवा निस्किएको र क्रमशः आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन्। आगलागी दमकल, खानेपानी ट्याङक, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागी के कारणले भएको हो भन्ने यकिन नभएको र अनुसन्धान जारी रहेको कास्की प्रहरीले जनाएको छ।

- अादर्श समाज सम्वाददाता