उपाधि जित्ने टोलीलाई स्पाइरलको सम्मान

पोखरा, १५ पुस । हिसानले आयोजना गरेको खेलकुद प्रतियोगितामा भलिबल उपाधि जित्न सफल टोलीलाई स्पाइरल ग्यालेक्सी एकेडेमी माविले सम्मान गरेको छ।

टोलीलाई विद्यालयका प्राचार्य नारायण शर्मा चापागाई, सहप्राचार्य सन्तोष गुरुङ व्यवस्थापकीय संयोजक अर्जुन ढकालले सम्मान गरे।

प्राचार्य एवं हिसान कास्कीका सह-सचिव चापागाईले विद्यालय शैक्षिक क्रियाकलापमा मात्र नभई खेलकुदको क्षेत्रमा  समेत अब्बल रहेकेा दाबी गरे।

विद्यालयले उक्त उपाधिसहित अन्य क्रियाकलापमा समेत उत्कृष्ट प्रदर्शन गरेको थियो।

यस्तै, भलिबल छात्रामा तेस्रो स्थान प्राप्त गरेको टोलीलाई पनि सम्मान गरिएको अतिरिक्त क्रियाकलाप विभागका प्रमुख सुमन पौडेलले जानकारी दिए।

- एजेन्सी