प्यानलसहित व्यवसायी चुनावी प्रतिस्पर्धामा

स्याङ्जा, १२ पुस।  स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनको झैं झझल्को दिने गरी स्याङ्जाका व्यवसायी मत माग्दै आ-आफ्ना राजनीतिक प्यानल सहित व्यवसायी मतदाताका घर घरमा पुगेका छन्।

उद्योग तथा ब्यापार व्यवसायीको छाता संगठन उद्योग वाणिज्य संघ स्याङ्जाको नेतृत्व हत्याउनका लागि स्याङ्जाका व्यवसायी राजनीतिक दलको प्रतिविम्बित भएका चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन।

व्यवसायीका हक, हित र अधिकारका पक्षका काम गर्ने मुख्य उद्देश्य सहित स्थापित  संघ अहिले नेपाली काँग्रेस तथा वाम गठबन्धन -एमाले-माओवादी) को आवरण भर्दै चुनावी मैदानमा उत्रिएका छन्।

आउँदो पुस १४ गते हुने संघका निर्वाचन आफ्नो पक्षमा पार्न व्यवसायी प्यानल बनाएर व्यवसायीका घरघरमा पुगेका छन्। शुक्रबार संघको ३६ औं अधिवेशन उद्घाटन भएसँगै काँग्रेस पक्षधर लोकतान्त्रिक र वाम गठबन्धन निकटका व्यवसायी छुट्टाछुट्टै दुर्इ प्यानल बनाएरै उम्मेदवारी दर्ता गराए।

काँग्रेस निकटका व्यवसायी विक्रान्तकुमार श्रेष्ठ ‘सुवर्ण र वाम गठबन्धनबाट नन्दकुमारी लम्साल ‘निर्मला’ को नेतृत्वमा दुर्इवटा छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्।

तीन वर्षे कार्यकालका लागि लोकतान्त्रिक प्यानलबाट वरिष्ठ उपाध्यक्ष रवीन्द्रमान श्रेष्ठ, प्रथम उपाध्यक्ष हिक्मत श्रेष्ठ, द्वितीय उपाध्यक्ष महादेव श्रेष्ठ, तृतीय उपाध्यक्ष सुनिता पौडेल गौतम, महासचिव भीमकुमार श्रेष्ठ, सचिव आशीष लम्साल, सहसचिव सुन्दरप्रसाद श्रेष्ठ, कोषाध्यक्ष राजनप्रसाद घिमिरे र सहकोषाध्यक्षमा नारायणप्रसाद ढकाल चुनावी प्रतिस्पर्धामा छन्।

सदस्यमा सुस्िमता श्रेष्ठ, रामचन्द्र नेपाल, अर्जुन थापा, दीपककुमार श्रेष्ठ, महमद सरिफ मियाँ, उर्मिला बस्नेत रानाभाट, लक्ष्मण प्रधान र बाबुराम पाण्डे रहेका छन्।

वाम गठबन्धनबाट वरिष्ठ उपाध्यक्ष श्रीबहादुर गुरुङ्, प्रथम उपाध्यक्ष धर्मागत वस्याल, द्वितीय उपाध्यक्ष अलिमहोमद मियाँ, तृतीय उपाध्यक्ष सीता आचार्य, महासचिव लोकनाथ रेग्मी, सचिव पुरुषोत्तमप्रसाद श्रेष्ठ, सहसचिव चाँदनी शाही, कोषाध्यक्ष नारायणप्रसाद अधिकारी ‘राजु र सह-कोषाध्यक्षमा अर्जुन मरासिनी उम्मेदवार छन्।

सदस्यमा देवी अधिकारी, सुन्दरप्रसाद श्रेष्ठ, जयनारायण शर्मा, संघ ताम्राकार, पिताम्बर गौतम, अर्जुनकुमार श्रेष्ठ, तुलसीराम पाण्डे र मीनप्रसाद अर्याललाई वाम गठबन्धनले चुनावी मैदानमा उतारेको छ।

२०१३ सालमा स्थापना भएको स्याङ्जा उद्योग वाणिज्य संघको १७ औं अध्यक्ष बन्ने दौडमा श्रेष्ठ र लम्साले आफूसँग व्यवसायीको हितमा काम गर्ने कार्ययोजना बनाएकोले दुवै पक्ष आ-आफ्नो जित सहज रहेको दावी गर्छन्।

१ हजार १ सय ११ मतदाता रहेको संघका पदाधिकारी १० जना र सदस्य पदका लागि ८ जना निर्वाचित हुनेछन्। स्याङ्जा उद्योग वाणिज्य संघ ६ दशक लामो इतिहास बोकेको छ।

- अादर्श समाज सम्वाददाता