नेपाल जेसीज उपाध्यक्षमा पोखराका देवकोटा

पोखरा, १२ पुस । पोखरा जेसीजका पूर्व अध्यक्ष गोविन्दप्रसाद देवकोटा नेपाल जेसीजको उपाध्यक्ष निर्वाचित भएका छन्। भैरहवामा सम्पन्न ४४ औं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित देवकोटा गण्डकी धौलागिरी क्षेत्रबाटै एक्ला प्रतिनिधि हुन्।

पोखरा जेसीज वर्ष २०१६ का अध्यक्ष देवकोटा सिर्द्धार्थर्र् इन्स्योरेन्स लिमिटेडका पोखरा ब्राञ्च म्यानेजर समेत हुन्। पोखरा जेसीजको नेतृत्वपछि देवकोटाले लायन्स क्लब अफ पोखरा स्वणिर्म सिटीको अध्यक्षको जिम्मेवारी सम्हालेका छन्। उनी सन् २००९ देखि जेसीज अभियानमा होमिएका थिए।

सिर्द्धार्थनगर जेसिजको आतिथ्यतामा भैरहवामा ३ दिनसम्म चलेको महाधिवेशनबाट रामग्राम जेसीज नवलपरासीका श्रीधर बस्याल अध्यक्षमा चुनिए। चार कार्यकारिणी उपाध्यक्षमा रश्मी शिल्पकार, अशोक शंकर, पदमविक्रम सिंह र विकास मानन्धर विजयी भए।

उपाध्यक्षमा देवकोटासँगै श्याम सुन्दर पौडेल, विजय गुरुङ, रविन पोख्रेल, टेकराज रेग्मी, राजेन्द्र घिमिरे, सुमित्रा शर्मा, विजय घिमिरे, जनक घिमिरे, रञ्जन चापागाइै, अमिश ढकाल र रश्मी निरौला विजयी भए। कानुनी सल्लाहकार अञ्जनबाबु खत्री र कोषध्यक्षमा हेमराज ओझा चुनिए।

सन् १९१५ मा अमेरिकाको सेन्ट लुइसमा स्थापना भएको जेसीज १ सय १७ देशमा विस्तार छ। नेपालमा सन् १९६४ मा स्थापित नेपाल जेसीजको देशभर १ सय ३८ वटा शाखा छन्। हरेक वर्ष नेतृत्व चयन हुने नेपाल जेसीजमा यस वर्ष १ हजार २ सय ८८ मतदाताले नेतृत्व चयन गरे।

नेपाल जेसीजको इतिहासमा अहिलेसम्म पोखराबाट ४ जना अध्यक्ष भएका छन्। हरिकृष्ण बास्तोला, विकलप्रसाद शेरचन र राजु केसीले पूर्ण कार्यकाल नेपाल जेसीजको नेतृत्व लिए भने जगत पोखरेल उमेर हद विवादले पदच्यूत भएपछि सन् २०१६ को बाँकी कार्यकालका लागि पोखराकै रवीन्द्र गुरुङ अध्यक्ष चुनिएका थिए।

सन् १९७५ देखि यहाँ क्रियाशील पोखरा जेसीज पोखराकै पूरानो सामाजिक संस्था पनि हो। पोखरा जेसिजको नेतृत्व लिएका युवा अहिले विभिन्न क्षेत्रमा अग्रणी भूमिकामा छन्। पोखरा जेसिजले नै मिस पोखराजस्तो इभेण्ट आयोजना गर्दैआएको छ।

- अादर्श समाज सम्वाददाता