हवाइ कारबाहीमा परी १४ सर्वसाधारण मारिए

एडेन, १२ पुस : युद्धले आक्रान्त भएको यमनको तेस्रो शहर ताइज नजिकै भएको साउदी अरेबियाआवद्ध हवाइ आक्रमणमा कम्तीमा १४ सर्वसाधारणको मृत्यु भएको छ।

ताइज शहरको उत्तर पूर्र्वी स्थानमा रहेको अल हैमा गाउँमा हुथी व्रि्रोहीलक्षित यो हवाइ कारबाही गरिएको तर गलत स्थानमा पर्न गएको जनाइएको छ। सरकारी र अस्पताल स्रोतले बुधबार सो हवाइ कारबाहीको जानकारी दिएको छ।

गत  मङ्गलबार भएको हवाइ कारबाहीमा पनि ११ व्रि्रोहीको मृत्यु हुनुका साथै अन्य १६ जना सर्वसाधारण घाइते भएको साउदी अरेबियाको समर्थन रहेको सरकार समर्थित एक स्थानीय अधिकारीले जानकारी दिएको छ।

ताइजमा साउदी अरबियाको समर्थन रहेको सरकारको सुरक्षा बलले बारम्बार हवाइ कारबाही गर्दै आएको छ।

गृहयुद्धका कारण तहसनहस भएको यमनको पश्चिमी भागमा साउदी अरेबियाआवद्ध हवाइ आक्रमणमा २२ हुथी व्रि्रोही मारिएको बताइएको छ।

सो हवाइ कारबाही हुथीको बलियो प्रभाव रहेको रक्त सागर तटीय क्षेत्र होदइदामा भएको जनाइएको छ।

सन् २०१५ को मार्च महिनाबाट तत्कालीन सरकारको समर्थन गर्दै साउदी अरेबियाले यमनमा हवाइ कारबाही शुरु गरेको थियो। उक्त कारबाही हालसम्म पनि जारी रहेको छ।

गत सोमबार होदेइदाको दक्षिण भागमा भएको हवाइ कारबाहीमा परी ५३ व्रि्रोही र १२ सरकारी सैनिकको मृत्यु भएको थियो।

सन् २०१५ को मार्च महिनाबाट साउदी अरेबियाआवद्ध संयुक्त सेनाले गरेको कारबाहीमा परी ८ हजार ७५० व्यक्तिको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनद्वारा प्रकाशित तथ्याङ्कमा बताइएको छ।

- रासस/एएफपी