सामुदायिक वन महासंघ संरचना स्थानीय तहकै स्वरुपमा

लमजुङ, १२ पुस। सामुदायिक वन महासंघको संरचना स्थानीय तहकै स्वरुपमा परिवर्तित हुने भएको छ। वेशीशहरमा आयोजना गरिएको प्राकृतिक स्रोतमा स्थानीय तह र सामुदायिक वन उपभोक्ता समूहबीचको सम्बन्धविषयक अन्तक्रिर्यामा उक्त जानकारी दिइएको हो।

वेशीशहर नगरपालिकाका प्रमुख गुमानसिं अर्यालले सामुदायिक वनको स्वरुप ब्रि्रन नदिन बूढा रुख फडानी गर्ने र नयाँ बोटबिरुवा रोप्न सामुदायिक वनमा आवद्ध पदाधिकारीलाई आग्रह गरे। उनले सामुदायिक वन व्यवस्थित गर्न नगरपालिकाले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए।

सहभागी कालिका सामुदायिक वनका सचिव रीता बुढाथोकीले सामुदायिक वनलाई संरक्षण सर्म्वर्द्धन गर्न सबैको ध्यान जानुपर्ने बताइन्। उनले सामुदायिक वनमा चोरी शिकारी बढेको, उन्नत जातको बोटबिरुवाको समस्या भएको, बहुमूल्य जडिबुटी लोप हुँदै गएको हुँदा त्यस्तो आवश्यकता औल्याइन्।

चिति तिलाहार सामुदायिक वनका रामकृष्ण पाण्डेले सामुदायिक वनको अनुगमन नभएको गुनासो गरे। उनले सामुदायिक वनमा वनफडानी बढेको तर यसको अनुगमन किन हुँदैन भनी प्रश्न गरे।

वेशीशहर नगरपालिकाका उपप्रमुख लक्ष्मी अधिकारीले स्थानीय तहमा बनेका विभिन्न समितिमा महिलाको सहभागिता अनिवार्य हुनुपर्नेमा जोड दिइन्।

सामुदायिक वन उपभोक्ता महासंघ लमजुङका महासचिव भोला पौडेलले सामुदायिक वन उपभोक्ता महासंघले गर्ने कार्यक्रमबारे जानकारी गराए।

कार्यक्रममा वेशीशहर नगरपालिकाका ४० भन्दा बढी सामुदायिक वनका पदाधिकारीले भाग लिएका थिए।

सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष लोका अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका उपाध्यक्ष रामचन्द्र रेग्मीले स्वागत र कोषाध्यक्ष शान्ता सापकोटाले सञ्चालन गरेकी थिइन्।

यसैबीच, वेशीशहर नगरपालिकास्तरीय सामुदायिक वन उपभोक्ता महासंघ ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ। वुद्धिविक्रम शाहीको संयोजकत्वमा समिति गठन गरिएको हो।

समिति सदस्यमा भीमबहादुर गुरुङ, गोपाल श्रेष्ठ, गीता बराल, जंगबहादुर गुरुङ, गंगामाया रिमाल, जगतबहादुर थापा, मनमाया थापा, प्रेमकुमारी गुरुङ, सोमकुमारी गुरुङ, भरतदेव जोशी चयन भएको सामुदायिक वन उपभोक्ता महासंघ लमजुङका महासचिव भोलानाथ पौडेलले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता