ऋण काढेर उपचार गराउँछन् थापा

लेखनाथ, १२ पुस। स्याङ्जा हरिनास गाउपालिका वडा १ का ३७ वषीय नीलबहादुर थापा अहिले उपचारकै लागि पोखरा २९ बस्दै आएका छन्।

युवा अवस्थामा २०६८ सालमा परिवारको खुशीको लागि धन कमाउन विदेश खाडी मुलुक पुगेका उनी २२ महिनापछि धन त परै जाओस् मृगौला रोगी बनेर स्वदेश र्फकन बाध्य भए।बुबा तालबहादुर र आमा जिउमाया थापाका माहिला छोरा उनी ६ वर्षदेखि मृगौला रोगका कारण ऋण काटेर भए पनि उपचार गराउँदैआएका छन्। दुर्इ छोरीका बाबु उनले उपचारकै लागि सहज हुने गरी श्रीमती अनिताको साथमा भण्डारढिकमा चिया पसल चलाउँछन् ।

साताको दुर्इ पटक डायोलोसिसका लागि जानुपर्ने भएकाले यातायातको सुविधा भएको ठाउँमा बसेर उपचारको खर्च जुटाउन उनले चिया पसल सञ्चालन गरेको उनी बताउँछन्।

उपचार गराउने क्रममा ठूलो धनराशी खर्च गरीसकेका थापा अहिले ऋण काटेर भए पनि उपचार गराउन बाध्य छन्। गण्डकी हस्पिटलमा केही सहुलियत दरमा डायोलोसिस गर्दै आए पनि मासिक २० देखि २५ हजार खर्च हुने गरेको उनी बताउँछन्।

उनलाई सहयोग गर्न चाहनेले जनता विकास बैंकको खाता नं ०८६११००४७२६२४०१ मा वा ९८१६११७०७२ मा सर्म्पर्क गर्न सक्नेछन्।

- अादर्श समाज सम्वाददाता