न्यू ग्यालेक्सी हिसान स्पोर्टस् मिट च्याम्पियन

पोखरा, ११ पुस। ११ औं स्पोर्टस् मिटमा न्यू ग्यालेक्सी, नदीपुर च्याम्पियन बनेको छ। छात्रछात्रा भलिबल, बास्केटबल र टेनिसका खेलमा अन्यको तुलनामा उच्च अंक बटुल्दै न्यू ग्यालेक्सी च्याम्पियन बन्न सफल भएको हो।

मंगलबार छात्र बास्केटबलमा पोखरा माविले फाइनलमा न्यू ग्यालेक्सीलाई ५६-४६ को स्कोरमा पराजित गर्‍यो। खेलमा प्रतिभा माविले तेश्रो स्थान भयो।

छात्रा बास्केटबलमा माउन्ट अन्नपुर्ण्ा माविले ग्लोबल कलेजियटलाई ३०-१७ अंकले पाखा लगाउँदै उपाधि जित्यो। खेलमा न्यू ग्यालेक्सी तेस्रो भयो।

छात्र बास्केटबलमा डेभिड पुन सवोर्त्कृष्ट खेलाडी घोषित भए भने समग्र खेलमा न्यू ग्यालेक्सीका जोन रानाले सर्वाधिक अंक बटुले। छात्रातर्फ माउन्ट अन्नपूर्णकी कृष्णा पुन वेष्ट प्लेयर घोषित हुँदा सोही विद्यालयकी वीनिता पुन वेष्ट स्कोरर बनिन्।

विजेतालाई प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारी, नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ, प्याब्सन प्रदेश ४ का संयोजक माधवशरण उपाध्याय, उपजिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकाल, बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष जुम गुरुङ, प्रतियोगिताका संयोजक रमाकान्त बराल, एन प्याब्सानका कास्कीका अध्यक्ष रामबहादुर मोची लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए। चार दिनसम्म चलेको उक्त प्रतियोगितामा संस्थामा आवद्धमध्ये ६० विद्यालयका २ हजार ५ सय विद्यार्थीले  भाग लिएको हिसान कास्की अध्यक्ष रामजी शर्माले बताए।

- एजेन्सी