पोखरामा राष्ट्रिय भलिबल शुरु

पोखरा, ११ पुस। पोखरामा मंगलबारदेखि शुरु २१ औं महिला तथा ३१ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फ लिग खेलमा मध्यमाञ्चल, पश्चिमाञ्चल, एपीएफ र पुलिस विजयी भएका छन्। पुरुषतर्फ पश्चिमाञ्चल, आर्मी, एपीएफ र नेपाल पुलिसले सफलता हात पारे।

राखेप च्याम्पियनसीपअन्तर्गत प्रतियोगितामा ५ विकास क्षेत्रसहित ३ विभागीय नेपाल पुलिस, एपीएफ र नेपाल आर्मीको सहभागिता छ।

महिलातर्फ लिग खेलमा एपीएफले पूर्वाञ्चललाई २५-२,२५-४ र २५-७ को सोझो सेटमा पराजित गर्‍यो।  पश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५-२,२५-४ र २५-८ र  नेपाल पुलिसले नेपाल आर्मीलाई २५-१३,२७-२५ र २५-६  तथा मध्यामाञ्चलले मध्यपश्चिमाञ्चललाई २५-७,२५-११ र २५-१० को सोझो सेटमा पराजित गर्दै लिग खेलमा जित हात पारेका हुन्।

त्यस्तै, पुरुषतर्फ पहिलो खेलमा नेपाल आर्मीले पूर्वाञ्चललाई २५-२०,२५-१९ र २५-१४ को सोझो सेटमा हरायो। एपीएफले सुदूरपश्चिमाञ्चललाई २५-१२,२५-१७ र २५-१३, नेपाल पुलिसले मध्यपश्चिमाञ्चललाई २५-१६,२५-१७ र २५-१६ र पश्चिमाञ्चलले मध्यमाञ्चललाई २५-२१,२५-२२ र २५-१६ को सोझो सेटमा पराजित गरे।दुवै इभेन्टका विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेश्रोले २० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन्। उत्कृष्ट खेलाडीले ५ हजार तथा विधागतमा उत्कृष्ट जनही ३ हजार पाउनेछ। खेल ५ दिनसम्म चल्नेछ।

युवा तथा खेलकुद मन्त्री राजनकुमार केसीले प्रतियोगिता उद्घाटन गरेका हुन्।

- अादर्श समाज सम्वाददाता