पोखरा ओपन भेट्रान्स टेनिस शुरु

पोखरा, १० पुस । कास्की जिल्ला टेनिस संघको आयोजनामा १५ औं माछापुच्छ्रे बैंक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिता शुरु भएको छ। प्रतियोगिता मुख्य प्रायोजक माछापुच्छे्र बैंक अध्यक्ष रोशन केसीले टुर्नामेण्ट डाइरेक्टर राजन पौडेललाई सोमबार टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिता उद्घाटन गरे ।

केसीले राष्ट्रिय प्रतियोगितामा सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै सहयोग निरन्तरता राख्ने प्रतिबद्धता जनाए ।

उद्घाटन खेलमा अनु जोनले ३५ वर्षमाथिको एकल इभेन्टमा निरेश श्रेष्ठलाई ६-२, ६-४ को सोझो सेटमा पराजित गरे। ३५ वर्षमाथिकै अन्य खेलमा शंकर कार्कीले जन्मजयशमशेर जबरालाई ६-३, ६-२, राजन बिजुक्छेले कृष्ण केसीलाई ६-३, ६-२, डा देव थापाले भष्म काउछालाई ६-४, २-६ र सुपरर्टाईमा १०-५ मा पराजित गरे।

त्यस्तै, शिव सुवेदीले सुनिल भट्टराईलाई ६-१, ७-५, प्रकाश वाग्लेले चन्द्र लामालाई ७-५, ५-७ र सुपरर्टाईमा १०-६ मा पराजित गर्दा नवीन श्रेष्ठले मुनिष थापामाथि ६-२, ६-३ को नतिजा निकाले। वीरेन्द्र लामा र सूर्य शाहीले वाकओभर पाए । ३५ वर्षमाथि डबल्समा दोर्जे लामा र अनु जोनको जाडीले शेषमणि चौधरी र भष्म काउछालाई ६-२, ६-१ को सेटमा पराजित गरे।

हिमाल शाह र राजु क्षत्रीले गोपीबहादुर भट्टराई र धरमसिंह लामिछानेको जोडीलाई ६-७, ६-३ र सुपरर्टाईमा १०-४ ले पराजित गरे । लोक गुरुङ र राजन पौडेलले राजन बिजुक्छे र शिव सुवेदीको जोडीलाई ६-४, ६-० को सोझो सेटमा पराजित गर्दा चन्द्र लामा र वीरेन्द्र लामाले वाकओभर पाए।  ४५ वर्षमाथि एकलमा राजु गुरुङले काजी गुरुङमाथि ६-१, ३-६ र सुपरर्टाईमा १०-५ को कठिन जित निकाले। दिनेश तुलाधरले हुम आलेमाथि ३-६, ६-४ र सुपरर्टाईमै १०-२ को जित हासिल गरे। ४५ वर्षमाथिको अन्य खेलमा सूर्य भुजेलले माधव भण्डारीलाई ६-१, ६-२, विमल गुरुङले सूर्य शाहीलाई ६-४, ६-० सेटमा पराजित गर्दा अनुज बाँस्तोला, धर्म कोइराला र सुनिल श्रेष्ठले वाकओभर पाए।

४५ वर्षको डबल्समा धर्म कोइराला र कुमार गुरुङको जोडीले मनोज बस्नेत र रामु विकमाथि ६-०, ६-२ को सहज जित दर्ता गरे। अमृत रोक्का र छिरिङ शेर्पाको जोडीले वाकओभर पाए ।

५५ वर्षमाथि एकलमा डेनम लामाले शान्ता श्रेष्ठलाई ६-२, ६-२ तथा अनिल तुलाचनले विष्णु गुरुङलाई ६-० र रिटायर्ड हर्टमा पराजित गरे।

५ दिनसम्म चल्ने प्रतियोगितामा विभिन्न इभेन्टका विजेतालाई नगदसहित पुरस्कृत गरिने आयोजक संघका कावा अध्यक्ष दोर्जेले जनाए ।एजेन्सी

- अादर्श समाज सम्वाददाता