११ औं हिसान स्पोर्ट्स मिट जारी

पोखरा, ९ पुस। निजी कलेज तथा विद्यालयको छाता संस्था हिसान कास्कीले आयोजना गरेको ११ औं स्पोर्ट्स मिट पोखरा रंगशालामा जारी रहेको छ।

हिसान कास्कीमा आवद्ध ६० कलेज तथा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खेलमा प्रतिष्पर्धाको अवसर प्रदान गर्दै उनीहरूका बीचमा आपसी मित्रता अभिवृद्धि खेलकुदका विभिन्न इभेन्ट्मा २ हजार ५ सय विद्यार्थी प्रतिष्पर्धा गरिरहेका छन्।

आइतवार सम्पन्न छात्र/छात्रा भलिवल, छात्र/छात्रा बास्केटबल र टेबुल टेनिस छात्र/छात्रा सिंगल्स, छात्र/छात्रा मिक्स डबल्सका खेलहरू जारी रहे। भलिबल छात्र-छात्रातर्फ प्रथम चरणका खेलहरू सम्पन भएका छन्। छात्र भलिबलमा माउन्ट अन्नपूर्ण  मावि, मेरीगोल्ड, स्पाइरल र पोखरा  मावि सेमीफाइनलमा प्रवेश गरेका छन्। छात्रा भलिबलमा डायमण्ड  मावि, न्यू ग्यालेक्सी, स्पाइरल र कास्की मोर्डनाइज्ड सेमीफाइनलमा प्रवेश गरे। छात्र-छात्रा दुवैतर्फका फाइनल खेल सोमवार हुने आयोजकले जानकारी दिएको छ।

बास्केटबल छात्रतर्फ न्यू ग्यालेक्सी, टप्स  मावि, डायमण्ड  मावि, बिएमजी, प्रतिभा, एनटिएचएमसी, पोखरा  मावि र केफ सेमीफाइनलमा प्रवेश गरेका छन्। त्यसैगरी छात्रातर्फ डायमण्ड  मावि, सगरमाथा  मावि, न्यू ग्यालेक्सी, कास्की मोर्डनाइज्ड र पोखरा  मावि दोश्रो चरणमा प्रवेश गरेका छन्।

सम्पन्न टेबल टेनिस छात्रा सिंगल्समा सगरमाथा माविकी अपेक्षा थापा र स्टेप वाइ स्टेपकी सुष्मिता सुवेदी सेमीफाइनलमा प्रवेश गरेका छन्। पोखरा माविकी शान्ती थापा, प्रतिभा माविकी सविना क्षेत्री, सगरमाथाकी आशुका रन्जित र स्टेप वाइ स्टेपकी सिमा विक क्वाटर फाइनलमा प्रवेश गरेका छन्। टेबल टेनिस छात्र सिंगल्समा नेशनल इन्भेन्टिभका महादेव पहारी, र सगरमाथाका सफलजंग केसी सेमी फइनलमा प्रवेश गरेका छन् भने प्रतिभाका विजय महत क्वाटर फाइनल प्रवेश गरेका छन्।

छात्र टेबल टेनिस डवल्स्मा पोखरा  मावि, प्रतिभा  मावि, सगरमाथा मावि, पोखरा मल्टिमोडल, रत्न ज्योति, स्टेप वाइ स्टेप, मदरल्याण्ड, करुणानिधी फाउण्डेशन, लिटिल स्टेप र पश्चिमाञ्चल  मावि दोश्रो चरणमा प्रवेश गरेका छन्। छात्रा डवल्समा मदरल्याण्ड मावि, सगरमाथा  मावि र न्यू ग्यालेक्सी  मावि दोश्रो चरणमा प्रवेश गर्न सफल रहे।

- एजेन्सी