लेखनाथ जयन्ती त्रिदिवसीय मनाइने

लेखनाथ, ६ पुस। कविशिरोमणि लेखनाथ पौडेलको १३४ औं जन्मजयन्ती त्रिदिवसीय रुपमा मनाइने भएको छ।

लेखनाथ जन्मस्थल विकास समितिको अगुवाइ र विभिन्न सामाजिक संघसंस्था तथा राजनीतिक दलका प्रतिनिधिको बिहीबार पोखरा २७ वडा कार्यालयमा भएको भेलाले उनको जन्मजयन्ती पुस १३ देखि १५ सम्म विविध कार्यक्रम गरी मनाउने निर्ण्र्ाागरेको हो।

विगतमा कविशिरोमणिको जन्मजयन्ती लेखनाथ नगरस्तरीय रुपमा मनाइने गरेकोमा यस वर्षमहानगरस्तरीय रुपमा मनाइने लागिएको हो ।

जसअन्तर्गत पहिलो दिन कविशिरोमणिको प्रतिमास्थल सरसफाइ गरिनेछ । सरसफाइ संयोजन लेखनाथ जेसिज, अर्र्घौ बजार ब्यवस्थापन समिति र सृजना बहिरा माविले गर्ने छन् ।

दोस्रो दिन महानगरपालिकास्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता गरिने छ ।

जसमा लेखनाथ लायन्स क्लब, लेखनाथ उद्योग वाणिज्य संघ र बेगनासताल बस सञ्चालक समितिले संयोजन गर्नेछन् ।  साँझ कविशिरोमणिको जन्मघर अर्र्घौअर्चले र प्रतिमा रहेको अर्र्घौचोक लगायत पोखरा लेखनाथ महानगरपालिकाभर मैनबत्ति बालिनेछ ।

जन्मजयन्तीको मूल समारोह पुस १५ मा अर्र्घौअर्चलेमा विविध कार्यक्रम र विभिन्न विधाका पुरस्कार वितरण गरिने जनाइएको छ ।

सोही अवसरमा लेखनाथ पत्रकार मञ्चले स्थापना गरेको लेखनाथ पत्रकारिता पुरस्कार समेत वितरण गरिने भएको छ ।

जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेको अध्यक्षतामा भएको भेलामा साविक लेखनाथ नगर क्षेत्रका सातै वडाका वडाध्यक्ष, पोखरा लेखनाथ महानगरपालिको तर्फाट राममणि अधिकारी, लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकाल लगायतले कविको जन्मजयन्ती भव्यताका साथ मनाउनुपर्नेमा जोड दिए ।

- अादर्श समाज सम्वाददाता