मनोरञ्जन क्षेत्रमा संलग्न बालबालिका शौनशोषित

पोखरा, ६ पुस। कास्की जिल्लाभित्र सञ्चालित मनोरञ्जनका क्षेत्रमा करिब दुर्इ हजार भन्दा बढी बालबालिका कार्यरत रहेको एक अध्ययनले देखाएको छ। मनोरञ्जन क्षेत्रमा कार्य गर्ने अधिकांश बालबालिका यौनशोषणका घटनामा पर्नेसमेत उक्त अध्ययनको निष्कर्षछ ।

कास्कीमा करिब ३ सय क्याबिन, २० देखि ३० वटासम्म दोहोरीसाँझ रेष्टुरेन्ट, १ सय ५० वटा मसाज पार्लर र त्यति नै संख्यामा डान्सबार छन्।

ती क्षेत्र रोजगार क्षेत्र मानिए पनि यहाँ कार्यरत महिला तथा बालबालिका यौनशोषणमा पर्ने गरेको पाइएको उक्त अध्ययनले देखाएको छ ।

शक्ति समहद्वारा पोखरामा बिहीबार आयोजित बेचबिखन र व्यावसायिकरुपमा यौन शोषणबारे स्थानीयस्तरका सरोकारवालासँग भएको अन्तक्रिर्यामा उक्त अध्ययन सार्वजनिक गरिएको हो ।

शक्ति समूहले एक्प्याट लग्जर्म्बर्गको सहयोगमा कास्कीमा व्यावसायिकरुपमा यौन उत्पीडन तथा बेचबिखनको जोखिममा परेका महिला तथा बालबालिकाको रोकथाम कार्यक्रम सञ्चालन गर्दैआएको छ।

मनोरञ्जनका क्षेत्रमा कार्यरत १ सय ३ जना बालबालिकामा यस्तो अध्ययन गरिएको शक्ति समूहले जनायो । अध्ययनमा समेटिएका बालबालिकामध्ये २० दशमलव ४ प्रतिशत कास्कीका र बाँकी कास्की आसपासका थिए। ३० दशमलव १ बालबालिका साथीको लहलहैमा र बाँकी कसैको प्रलोभनमा परेर घर छाडेर यस्तो पेशामा लागेको उक्त अध्ययनले देखाउँछ।

अध्ययनका अनुसार उनीहरुमध्ये ७८ दशमलव ६ प्रतिशत असल जीवनको खोजीमा र बाँकी ३३ प्रतिशत अध्ययनको अभाव र आर्थिक संकटका कारण घर छाडेका हुन्। ती बालबालिकामध्ये २४ दशमलव ३ प्रतिशत दलित ४१ प्रतिशत अन्य जातिका छन्। ५१ दशमलव ५ प्रतिशत बालिका र ४८ दशमलव ५ प्रतिशत बालक छन्।

७४ दशमलव ७ प्रतिशत १७ वर्षन्दा माथिका र २४ प्रतिशत बालबालिका १६ वर्षुनि उमेर समूह तथा अधिकांश बालबालिका अविवाहित हुन्। विवाहित बालबालिका ४० प्रतिशत पतिसँग र २० पतिसँग बसेको अध्ययनले देखाएको छ।

धेरैजसो बालबालिका ४५ दशमलव ६ प्रतिशत होटल, रेष्टुरेन्ट वा मसाज केन्द्रमा बढीमा चार महिनामात्रै काम गर्ने गरेको पाइएको छ । १४ प्रतिशत बालबालिकाले मात्रै एकै ठाउँमा १ वर्षवा सोभन्दा बढी समय काम गरेको अध्ययनले देखाएको छ। अध्ययनका अनुसार ४० प्रतिशत बालबालिकाले वेटर, कुक ३० प्रतिशत सरसफाइकर्मी २४ र मालिसकर्ता बालबालिकाहरुमा २४ दशमलव ६ प्रतिशत छ।

६८ प्रतिशत बालबालिकाले साहू तथा ग्राहकबाट यौन दुर्र्ब्यब्यहार सहनुपरेको बताएका छन्। यौन दुर्र्व्यबहार पर्नेमध्ये ९३ प्रतिशत बालिका र ३ प्रतिशत बालक छन्।

अध्ययनमा समेटिएका बालबालिकामध्ये ६८ प्रतिशत बालिका र २२ प्रतिशत बालकले चाहेको समयमा काम छाड्न नपाएको गुनासो गरेका छन्। ७७ दशमलव ८ प्रतिशत बालक र ४२ प्रतिशत बालिकालाई चाहेको समयमा काम छाड्न पाइने अधिकार थाहा भएको पाइएको छ ।

कार्यक्रममा स्थानीय सरोकारवालाले मनोरञ्जनका क्षेत्र नियमन गर्नुपर्नेमा जोड दिए। यस्तो क्षेत्रमा काम गर्ने र गराउन बाध्य पारिएका बालबालिकाका लागि कडा कानुन कार्यान्वयनमा हुनुपर्ने सरोकारवालाको तर्क थियो। उनीहरुले यस्ता कार्यमा संलग्न बालबालिकालाई निःशुल्क शिक्षा, सीप विकासका तालिम प्रदान गरी वैकल्पिक रोजगारका उपाय प्रवर्द्धन गर्नुपर्ने औल्याए।

- अादर्श समाज सम्वाददाता