बाँझापाटन बी थर्टिन उपाधि नजिक

पोखरा, ६ पुस । छैटौं संस्करणको संगम कपमा बाँझापाटन -बी) थर्टिन फाइनल प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बिहीबारको पहिलो सेमिफाइनलमा गार्डेेक्लबलाई र्टाईब्रेकरमा २-१ गोलअन्तरले पराजित गर्दै बाँझापाटन उपाधि नजिक पुगेको हो ।

७० मिनेटको निर्धारित समयमा दुबैतर्फ२/२ गोल हुँदा अतिरिक्त २० मिनेट गोलरहीत बनेपछि निर्णायको लागि खेल र्टाईब्रेकरमा धकेलिएको थियो । बी थर्टिनको जितमा विदेशीमुलका खेलाडी च्रि्रा र दिलीप क्षत्रीले पेनाल्टी सुटआउटमा गोल गरे। गोल्कीपरसमेत रहेका क्षेत्री म्यान अफ दी म्याच घोषित भए।

बी थर्टिनका विश्वास श्रेष्ठले प्रहार गरेको पेनाल्टी सुट विपक्षी गोलरक्षक बिशाल श्रेष्ठ बचाउ गर्दा नवराज गुरुङको पेनाल्टी सुट पोष्टमाथिबाट बाहिरिन पुगेको थियो । उता, गार्डे विनोद गुरुङले गोल गर्दा ध्रुव घिमिरे, अजय श्रेष्ठ, सन्त गुरुङ, दिवस उदयले गोल गर्न सकेनन् । यस्तै, बिहीबारको दोस्रो सेमीफाइनल खेल नतिजाबिनै स्थगित हुन पुग्यो । सहारा क्लब र एलजी एशोसिएसनबीचको खेल गोलरहित बराबरीमा टुंगिएकोमा टाइब्रेकरमा दुवैतर्फाट समान २ गोल भएको थियो । यद्यपि राति प्रकाश नपुगेर अध्याँरो भएकोले निर्णय नपुग्दै आयोजकले खेल बीचमै टुंगायो ।

स्थगित उक्त खेल शुक्रबार बिहान हुने क्लब अध्यक्ष शिव गुरुङ (माया) ले बताए। गत पुस १ देखि संचालन भएको उक्त प्रतियोगितमा २३ टिमले सहभागिता जनाएका थिए । विजेताले एक लाख २५ हजार पाउने छ।

- अादर्श समाज सम्वाददाता