पश्चिम नवलपरासीमा माओवादी केन्द्र कमजोर


नवलपरासी २५ मंसिर। प्रतिनिधिसभाको २ र प्रदेशसभाको ४ निर्वाचन क्षेत्र रहेको पश्चिम नवलपरासीमा वामगठबन्धनमा माओवादी केन्द्रमात्र पराजित भएको छ। माओवादी केन्द्र पराजित भएको एक स्थानमा नेपाली काँग्रेसले जितेको छ भने अर्को स्थानमा काँग्रेस नै जित नजिक छ।

पश्चिम नवलपरासीमा राजपाबाट असन्तुष्ट भएको हृदयश त्रिपाठी, नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनमा त्रिपक्षीय वामगठबन्धन भन्दै चुनावी मैदानमा उत्रिएका थिए।

दुर्इ प्रतिनिधिसभामध्ये १ मा त्रिपाठी र २ मा माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य एवम् पूर्व स्थानीय राज्य मन्त्री घनश्याम यादवले टिकट पाएका थिए।

प्रदेशसभा सदस्यको ४ वटा निर्वाचन क्षेत्रमा २ ठाउँमा एमाले, एक ठाउं’मा माओवादी केन्द्र र एक ठाउमा त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहले टिकट पाएका थिए। तीमध्ये प्रतिनिधिसभा १ मा मधेशी नेता त्रिपाठी विजयी भएका छन्।

प्रतिनिधिसभा १ मा त्रिपाठीले नेपाली काँग्रेसका देवकरण कलवारलाई पराजित गरेका हुन्। त्रिपाठीले ३८ हजार ५ सय मत प्राप्त गरी विजयी हुं’दा उनका निकतम् प्रतिद्वन्द्वी काँग्रेस ३३ हजार ५ सय ९१ मत प्राप्त गरेका थिए।

त्यस्तै प्रदेशसभा तर्फको ४ वटा निर्वाचन क्षेत्रमा २ वटामा नेकपा एमालेले, एक स्थानमा हृदयशको स्वतन्त्र राजनीतिक समूहले र एक स्थानमा नेपाली काँग्रेसले जितेको छ।

प्रतिनिधिसभा १ को १ मा एमालेका दीपेन्द्र अधिकारीले २० हजार ५ सय ६ मत प्राप्त गरी जित हात पारेका हुन्। उनका निकतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विक्रम खनालले १८ हजार ५ सय २ मत प्राप्त गरेका छन्। खनालले दोस्रो संविधानसभाको निर्वाचनमा अधिकारीलाई पराजित गरेका थिए।

प्रदेशसभा २ (२) मा नेकपा एमालेका वैजनाथ चौधरी विजयी भए। उनले २० हजार ९ सय ७ मत प्राप्त गरेका छन् भने उनका निकतम् प्रतिद्धन्दी गुणनीति तिवारीले १७ हजार १ सय १५ मत प्राप्त गरेका थिए। चौधरीले दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका बागी उम्मेदवार तिवारीलाई पराजित गरेका थिए।

प्रदेशसभा १ (२) मा सूर्य चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका हृदयश त्रिपाठीका सहयोगी अजय शाही निर्वाचित भएका छन्। उनले १९ हजार ३ सय ३३ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका मुकुलकुमार आचार्यले १२ हजार ६ सय ३ मत प्राप्त गरेका थिए।

- अादर्श समाज सम्वाददाता