पृथ्वीचोकमा जेब्राक्रसिङ सचेतना बोर्ड

पोखरा, २३ मंसिर। पृथ्वीचोकमा जेब्राक्रसिङसम्बन्धी सचेतना बोर्ड राखिएको छ। पैदलयात्रीलाई बाटो काट्नेबारे सचेतना दिन जेब्रा क्रसिङको संकेतसहितको बोर्ड राखिएको हो।

स्थानीय शिवराज बस्ताकोटीको पहल र पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सौजन्यमा राखिएको उक्त बोर्ड शनिबार जिल्ला ट्राफिक प्रहरी कार्यलयलाई हस्तान्तरण गरिएको थियो। प्राप्त बोर्ड ट्राफिक कार्यालयका प्रहरी नायव निरीक्षक शिवबहादुर थापाले प्राप्त उक्त बोर्ड पृथ्वीचोकमा राखे ।

सचेतना बोर्डमा ‘सडकमा जथाभावी बाटो नकाटौं’ र ‘जेब्राक्रसबाट मात्र बाटो काट्ने बानी बसालौं’ अंकित छ ।

जेब्राक्रससम्बन्धी सचेतनाका बोर्डले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा कमी आउने प्रहरी नायव निरीक्षक थापाले विश्वास व्यक्त गरे ।

सहकारी अध्यक्ष ओमबहादुर कार्कीले आगामी दिनमा संस्थाले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक कार्यलयसँग सहकार्य गर्दै जाने बताए ।

सहकारीका प्रबन्धक मोहनप्रसाद अधिकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत सहकारीले यस्तो सहयोग गरेको बताए। कार्यक्रममा सहकारी संस्थाका बोर्ड सदस्य र सल्लाहकार तथा ट्राफिक प्रहरीको उपस्थिति थियो।

- अादर्श समाज सम्वाददाता