ज्येष्ठ नागरिकको सम्मानित

पोखरा, १८ मंसिर।  बरेली पौडेल वंशावली अनुसन्धान, उत्थान तथा कुलपूजा व्यवस्थापन समितिले कुलपूजाका अवसरमा कुलमा ८० वर्षभन्दा माथि उमेर पुगेका १२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ।

भरतपोखरी खुवादीस्थित कुलायन मन्दिरमा आयोजित कार्यक्रममा हरिकला पौडेल, टीकाराम पौडेल, चन्द्रकला पौडेल, जीवनाथ पौडेल, तिलकराम पौडेल, रुद्रलाल पौडेल, पवित्रादेवी पौडेल, जगन्नाथ पौडेल, मनमाया पौडेल, हरिकला पौडेल, लिलावती पौडेल र सोमनाथ पौडेललाई समितिका अध्यक्ष गुरुप्रसाद पौडेलले दोसल्ला ओढाएर सम्मान गरे।

कार्यक्रममा अध्यक्ष पौडेलले ८० वर्ष उमेर काटेका ज्येष्ठ नागरिक सबैका लागि प्रेरणाको स्रोत भएको बताउँदै उनीहरूका अनुभव तथा भोगाई पछिल्ला पुस्ताका लागि निकै महत्वपूर्ण तथा अनुकरणीय हुने उल्लेख गरे। कार्यक्रममा समितिका सचिव राजुप्रसाद पौडेलले अघिल्लो कुलपूजादेखि हालसम्मका गतिविधिबारे प्रकाश पारे।

कोषाध्यक्ष रामनाथ पौडेलले समितिको आर्थिक अवस्थाबारे जानकारी गराए।

अर्थ संकलन उपसमितिका सयोजक किरण पौडेलले बरेली पौडेलहरु देश तथा विदेशमा सबैले गर्व गर्न लायक भएको बताउँदै यो प्रतिष्ठालाई बचाउँदै आगामी दिनमा कुलको प्रतिष्ठालाई अझै उचो बनाउनु सबैको दायित्व भएको उल्लेख गरे।

भरतपोखरीस्थित बरमा मुल बसोबास भएका बरेली पौडेल नेपालभित्र कास्कीको बाघमारा, भण्ढारढिक, सिसुवा, मझेरीपाटन, ड्यामसाइड, बैदाम, गगनगौडा, लामेआहाल, धारीखोला, तालवेसी, तनहुँका दुलेगौडा, ढोरफिर्दीसहित नवलपरासीको दुम्कौली, रजहर, बर्दीया, काठमाडौं, सप्तरी, लगायतका स्थान र विदेशका भारत, बेलायत, अष्टे्रेलिया, जापान, स्पेन, अमेरिका लगायतका स्थानमा स्थायी एवम् अस्थायी बसोवास गर्दै आएका छन्।

कुलपूजामा सोमनाथ पौडेलको संयोजकत्वमा १२ जना पण्डितले बराह पुराणवाचन गरेका थिए।

- एजेन्सी