बालबालिका तथा विद्यालय शान्तिक्षेत्र

पोखरा, १८ मंसिर । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान -सिजोप), जिल्ला बालमञ्च कास्की, गैसस महासंघ कास्की, शान्तिका लागि नागरिक समाज र मानवअधिकार एलायन्सको संयुक्त आयोजनामा बालबालिका तथा विद्यालय शान्तिक्षेत्र अवधारणा कार्यान्वयनका लागि प्रतिबद्धता तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।

कार्यक्रममा सिजोप कास्कीका संयोजक कुञ्जनी परियार प्यासीले बालबालिका शान्ति क्षेत्र अवधारण र बालबालिकाको अवस्था विषयमा कार्यपत्र प्रस्तुत गरिन् ।

कार्यक्रममा प्रभा कोइरालाले बालबालिका तथा विद्यालय शान्ति क्षेत्र अवधारण कार्यान्वयनको लागि आफू प्रतिबद्ध रहेको बताइन् ।

कार्यक्रममा गैसस महासंघ नेपालका केन्द्रिय सदस्य रामप्रसाद सुवेदी, केन्द्रिय बालकल्याण समिति सदस्य डा राजेन्द्र गौतम, जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकृत तेजबहादुर गुरुङ, महिला तथा बालबालिका कार्यालय कास्कीका बाल संरक्षण अधिकृत बिन्दुकला भण्डारी, पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख ओमराज पौडेल लगायतले बोलेका थिए ।

सिजोपका राष्ट्रिय अध्यक्ष माधव प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बालमञ्च कास्कीका उपाध्यक्ष गुञ्जन परियार प्यासीले स्वागत तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।

शान्तिका लागि नागरिक समाजका संयोजक विष्णुप्रसाद बरालले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन केशव पौडेलले गरेका थिए ।

कार्यक्रममा कास्कीसहित गोरखा, बागलुङ, पर्वत, म्याग्दी र तनहुँ जिल्लाबाट गरी ५६ जना बढीको सहभागिता रहेको थियो ।

- एजेन्सी