कश्यप गोत्रीय अलिना अधिकारीको कुलपूजा

हेमजा १७, मंसिर । कश्यप गोत्रीय अलिना अधिकारी समाज एवं कश्यप गोत्रीय अलिना अधिकारी थर वंश अनुसन्धान केन्द्र माछापुच्छ्र्रे गाउँपालिका ६, नुवागाउँले छैटौँ कूलपूजा तथा अधिकारी वंशावलीमा आधारित भजन भिडियो सार्वजनिक गरेको छ ।

भिडियोको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले लोकार्पण गरेका हुन् । उनले कश्यपगोत्रीय अलिना अधिकारीको आफू पनि सन्तति भएको उल्लेख गर्दै कश्यपऋषिका सन्तान भएकोमा गर्व महसुस गर्न कश्यप गोत्रीय अलिना अधिकारीहरुलाई अनुरोध गरे ।

स्थानीय परशुराम अधिकारीले सबै क्षेत्रका अधिकारीहरुको उद्गमस्थल अस्ताम गराउनुपर्ने औल्याए ।

रेडियो हेमजाका स्टेशन म्यानेजर कश्यप गोत्रीय सन्तान परशुराम अधिकारीले सबै क्षेत्रमा आवद्ध अधिकारीहरुको सम्मेलन कुल उद्गमस्थल अस्ताम गराउनुपर्ने भन्दै आफूबाटै सो कार्यको थालनी गर्ने बताए । उक्त अवसरमा विभिन्न सहयोग दातालाई सम्मान गरिएको थियो ।

कुल १ सय ५० घरधुरीको सहयोगमा करिब ३० लाख रुपैयाँमा मन्दिर निर्माण गरिएको जनाइएको छ ।  कुलपूजा वाषिर्क रुपमा धान्यपूणिर्मा अवसर पारी हुँदैआएको छ। मन्दिर व्यवस्थित रुपमा सञ्चालन गर्न १३ सदस्यीय समिति गठन गरिएको छ । मनप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भरतराज अधिकारीले गरेका थिए ।

- अादर्श समाज सम्वाददाता