गौचन हत्याका मुख्य योजनाकार पक्राउ

काठमाडौ १७ मंसिर। निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्या प्रकरणका मुख्य योजनाकार समीरमान सिंह बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरोले ३४ वषिर्य बस्नेतलाई चितवनको नारायणघाटबाट प्रक्राउ गरेको आइतवार जनाएको छ।

गत असोज २३ गते अभियुक्त बस्नेतको योजनामा गौचनको नयाँ बानेश्वरमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ। प्रहरीले ०७३ साल पौष ४ गते युवासंघका जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई गोली हानी हत्या गरेको र चैत्र २९ गते गौरीघाटमा दावा लामालाई गोली हानी घाइते बनाउने मुख्य योजनाकार बस्नेत नै रहेको जनाएको छ। काठमाडौंको बाफल स्थायी घर भएका बस्नेतले साढे २ वर्ष देखि नेपाल बाहिर बसी विभिन्न अपराधिक कार्यहरू गर्दै आएको वीरगञ्जदेखि विराटनगर जोड्ने हुलाकी मार्गको ढेक्का कमिसन वापत दुर्इ प्रतिशत माग गरेको रकममा गौचनले वेवास्ता गरेको कारण हत्या गरेको प्रहरीले जनाएको छ। गजुरमुखी कन्स्ट्रक्सनका मुख्य लगानीकर्ता मृतक कुमार घैटेमार्फत दुर्इ करोड ५० लाख समेत डाँफे कन्स्ट्रक्सनको शेयर रकम बापत गौचनसँग लिई सकेको प्रहरीले जनाएको छ।

उक्त रकममा १ करोड बस्न्यातको भएको र घैटेको मुत्युपछि उक्त रकम फिर्ता गर्न भनेपछि बस्नेत र गौचनको विवाद उत्कर्षमा पुगेको समेत जनाएको छ।

बस्नेतलाई मंसिर १६ गते चितवनबाट पक्राउ गरिएको डिआइजी पुष्कर कार्कीले जनाए। पक्राउ बस्नेत दुर्गा तिवारी र गौचन हत्या तथा दावा लामा हत्या प्रयासको योजनाकार रहेको प्रहरीले जनाएको छ। पैसा र लगानीना शेयर माग्दा नदिएपछि गौचनको हत्या गरेको उनले बयान दिएका छन्।

बस्नेतले ३० अर्बको हुलाकी मार्ग निर्माणको ठेक्कबाट दुर्इ प्रतिशत कमिसन माग गरेका थिए। गौचन हत्या प्रकरणमा प्रहरीले यसअघि सात जना पक्राउ गरिसकेको छ। डिआइजी गणेश केसी नेतृत्वको छानवीन समितिले बस्नेत भारतमा रहेको दाबी गरेको थियो।  गौचन हत्याका मुख्य योजनाकार बस्नेतले प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ घैंटेमार्फत गौचनको कम्पनीमा लगानी गरेको तर पछि पैसा र सेयर केही पनि नपाएपछि विवाद बढ्दै गएको बताएका छन्।

त्यसपछि हत्याको योजना बनाएको उनले बयान दिएको प्रहरीले जानकारी दिएको छ। बस्नेतलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतवार सार्वजनिक गरेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट शेयर र ठेक्कावापतको कमिसन नपाएका कारण गौचनको हत्या भएको देखिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डीआईजी पुस्कार कार्कीले जानकारी दिए।

अहिलेसम्म गौचन हत्यामा संलग्न मध्ये मुख्य योजनाकार बस्नेत, बसन्त थेवे, धनराज योङहाङ, राजीव स्याङताङ, प्रकाश बुढाथोकी, शिवजी महतो, मुकेश कुमार पाण्डे र सन्तोष गुरुङ पक्राउ परिसकेका छन्। त्यसबाहेक मनोज पुन, लोप्साङ लामा, गंगा प्रकाश लिङदेन, श्याम गोम्बे गुरुङ, अमर बहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा फरार रहेको प्रहरीको भनाइ छ।

- अादर्श समाज सम्वाददाता