स्वार्थसँग जोडिएको पार्टीवाम गठबन्धन हुन सक्दैन : श्रेष्ठ

पोखरा, १७ मंसिर।नेपाली काँग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले एमाले र माओवादीको गठबन्धनलाई ‘वाम’ भन्न नसकिने तर्क गरेका छन्। उनले नेतृत्वको स्वार्थसँग जोडिएको यस्तो खाले गठबन्धनलाई ‘वाम’ भनेर कुनै पनि हालतमा भन्न नहुने पनि बताएका हुन्।

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी आइतवार पोखरा-२५, हेमजाको मिलनचोकमा सम्पन्न कोणसभामा बोल्दै पार्टीका प्रमुख संचेतकसमेत रहेका श्रेष्ठले सो कुरा बताएका हुन। उनले नेपाली काँग्रेस बामपन्थी साथै प्रगतिशील पार्टीभएको चर्चा गर्दै एमाले र माओवादीको गठबन्धनलाई बाम गठबन्धन नभई कम्युनिष्ट्र गठबन्धन भएको संज्ञा दिए।

नेता श्रेष्ठले लोकतन्त्रको जरा बलियो बनाउन रुखमा भोट हाली लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने आवश्यकता औल्याउदै नेपालका कम्युनिष्ट्रहरूले सत्ताका लागि पटक पटक बोली फेर्ने गरेको तथा  लोकतन्त्रमाथि थुपै्रपटक प्रहार गरेको आरोप समेत लगाए। नेपाली काँग्रेस क्षेत्र नं. ३ प्रतिनिधिसभाका उम्मेदवार शुक्रराज शर्माले विगतमा परिवर्तनको नेतृत्व नेपाली काँग्रेसले मात्र गर्दै आएको स्मरण गर्दै काँग्रेससँग मात्रै सबै पार्टीलार्इ मिलाएर लैजानसक्ने क्षमता रहेको धारणा राखे। उम्मेदवार शर्माले आफु काँग्रेसबाट उम्मेदवार बनेपनि सबै जनताको प्रतिनिधि भएको औल्याउदै हेमजाको कृषि क्षेत्रको व्यवस्थापनका लागि आफुले स्पष्ट भुमिका खेल्ने प्रतिबद्घता समेत जनाए। उम्मेदवार शर्माले जनताले विश्वास गरी चुनाव जिताएमा मासिक दुर्इ हजारको सामाजिक सुरक्षा भत्तालाई बढाएर पाँच हजार पुर्‍याउन पहल गर्ने, आफुले पाउने तलव भत्ता आधुनिक शिक्षामा लगानी गर्ने पनि बताएका थिए। उनले नेपाललाई सम्पन्नताको देश बनाउन काँग्रेसले अगुवाई र त्यसमा आफुले इमान्दार पूर्वक देखिने गरी भूमिका खेल्ने प्रष्ठ पारेका थिए।

प्रदेशसभा ३ क की उम्मेदवार शारदा पौडेलले हेमजाको कृषियोग्य जमिनको व्यवस्थापनमा उचित ध्यान दिनुपर्ने बेला आएको छ भन्दै सुर्इखेत खोलाको नियन्त्रण तथा राजमार्गलाई व्यवस्थित बनाउन आफुले पहल गर्ने जनाइन। उनले आगामि पुस्ताको उज्ज्वल भविष्यका लागि पनि काँग्रेसलाई मत दिनुको विकल्प जनतासँग नभएको चर्चा गर्दै महिलामाथि रहेको कतिपय बिभेदकारी निती हटाउन आफु लागि पर्ने प्रतिबद्घता पनि जनाएकी थिइन। समानुपातिक उम्मेदवार आनन्दराज मुल्मीले काँग्रेस प्रतिष्पर्धामा विश्वास राख्ने पार्टीभएको धारणा राख्दै आगामि निर्वाचनमा लोकतन्त्रको रक्षाका लागि जनताले काँग्रेसलाई भोटदिनुपर्ने औल्याए। सो अवसरमा महासमिति सदस्य रामचन्द्र त्रिपाठी, पोखरा नगर महिला संघकी सभापति माया वराल, नेपाल अमेरिका जनसम्पर्क समितिका सचिव विश्वराज बास्तोला, पूर्व आमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवर, हेमजा महिला संघकी सभापति सिर्जना सापकोटा लगायतले काँग्रेसको जीतले मात्रै नेपालमा लोकतन्त्र संस्थागत हुने धारणा राखेका थिए।

कार्यक्रमका बीच नेपाल सांस्कृतिक संघका कलाकारहरूले काँग्रेसको पक्षमा विभिन्न प्रस्तुतिहरू राखेका थिए। नेपाली काँग्रेस वडा नं. २५ का संयोजक मधुसुदन त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा सह-संयोजक दानबहादुर थापाले स्वागत सचिव मोतिराज तिम्सिनाले कार्यक्रम संचालन गरेका थिए। यसैगरी कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ मा एमाले र माओवादी परित्याग गरी ४० जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। गलत नियतले पार्टीबीच गठबन्धन गरी देशलाई झन् बढि द्वन्दमा फँसाउनेलाई कदापी सहयोग गर्न नसक्ने भन्दै उनीहरू काँग्रेसमा प्रवेश गरेका हुन्। अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवर र साविक ढिकुरपोखरी गाविसका इकाईका सभापति मनमोती भण्डारीले अबिर लाएर उनीहरूलाई पार्टीप्रवेश गराएका थिए। सोहि अवसरमा उनीहरूलाई पार्टीको सदस्यता पनि वितरण गरिएको थियो। पछिल्लो समय यस्तै निराश मन भएका एमाले र माओवादीका कार्यकर्ताहरू लोकतन्त्रको पक्षमा उभिँदै काँग्रेस प्रवेश गर्ने लहर चलेको नेपाली काँग्रेस कास्कीले जनाएको छ।

- अादर्श समाज सम्वाददाता