बुद्घटोल युवा क्लबमा गुरुङ

हेमजा, १७ मंसिर। पोखरा १ स्थित बुद्घटोल युवा क्लबको शनिवार सम्पन्न दोस्रो अधिवेशनले विजया गुरुङको अध्यक्षतामा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा असिम थापा, कोषाध्यक्षमा विनु गुरुङ, सचिवमा रेशम सापकोटा र सहसचिवमा विकास केसी रहेका छन्। त्यस्तै प्रचारप्रसार संयोजकमा अमृत गुरुङ (लामा) तथा कैलाश गुरुङ, कुशल प्रधान, अनुप पुन, राजेश श्रेष्ठ, रोजी गुरुङ, अनिता गुरुङ, अस्मिता गुरुङ, अर्जुन परियार, कुमार गुरुङ, शंकर गुरुङ र सागर गुरुङ सदस्यमा छनोट भएका छन्।

उक्त भेलाले राधा गुरुङ, सन्तोष गुरुङ, प्रदीप राई, मुक्ति गुरुङ र अरुण गुरुङलाई सल्लाहकारमा चयन पनि गरेको छ। कार्यक्रमका बीच भएको महिला म्युजिकल चियर प्रतियोगितामा २१ प्रतियोगिलाई पछि पार्दै विनु गुरुङ प्रथम हुन सफल भएकी छन्।

सो अवसरमा क्लबका शुभचिन्तक एवं पुर्व पदाधिकारीहरू किरण गुरुङ, नविन गुरुङ, विरेन गुरुङ, आकाश क्षेत्री, अजय गुरुङ, प्रदिप गुरुङ, मिना गुरुङ, बेन्जु शर्मा, राजकुमारी पुन, सन्तोष गुरुङ, शान्ति गुरुङ, देव कार्की र अञ्चल गुरुङलाई सम्मान गरिएको थियो। क्लबका अध्यक्ष अरुण गुरुङको अध्यक्षतामा भएको उत्त कार्यक्रम क्लबका व्यवस्थापक अमृत गुरुङ (लामा) ले संचालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता