वाम गठबन्धनको प्रदेशस्तरीय सभा

पोखरा, १४ मंसिर । वाम गठवन्धन निर्वाचन परिचालन कमिटि कास्की निर्वाचन क्षेत्र नं ३ प्रदेससभा निर्वाचन क्षेत्र नं १ को आयोजनामा माछापुच्छ्रे गाउँपालिका वडा नं ८ को खोराकोमुखमा शुक्रबार बृहत् चुनावी सभा हुने भएको छ।

सभालाई एमाले सचिव पृथ्वीसुव्वा गुरुङ तथा माओवादी केन्द्रका वरिष्ठ नेता देव गुरुङले सम्वोधन गर्ने चुनाव प्रचार प्रसार समितिका संयोजक दीपक पौडेलले जानकारी दिए। उक्त सभालाई  दुवै पार्टीा केन्द्र तथा जिल्लास्तरीय नेता तथा उम्मेदवार जगत विक र रामजी बरालले पनि सम्बोधन गर्ने छन्। वाम गठवन्धनको प्रदेश निर्वाचन परिचालन कमिटिले मंसिर १६ गते पोखरा १,२ र ३ को चुनावीसभा टुँडिखेलमा गर्ने भएको छ। सो सभालाई पनि पृथ्वीसुव्वा गुरुङ र देव गुरुङले सम्बोधन गर्ने भएका छन्।

- एजेन्सी