गाउँ नफर्किनेलाई भोट दिँदैनौं

पोखरा, १४ मंसिर। पोखरा २१ निर्मलपोखरीका स्थानीयले चुनावका बेला भोट माग्न आउनेलाई यसपालि भोट नदिने बताएका छन्। पटकपटक चुनाव जिताएर पठाए पनि सांसद फर्केर जनताको समस्या सम्बोधन नगरेको भन्दै उनीहरुले भोट नदिने बताएका हुन्।

घरदैलोका क्रममा निर्मलपोखरी पुगेका काँग्रेस उम्मेदवारलाई स्वागत गर्दै उनीहरुले दुर्इ पटक एमालेलाई विजयी गराएर कुनै परिवर्तन नभएको गुनासो गरे। उनीहरुले यसपालीको चुनावमा काँग्रेसका उम्मेदवार देवराज चालिसे र गुरु बराललाई विजयी गराउने प्रतिबद्धता जनाए।

कास्की क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार देवराज चालिसेले विपक्षी चुनाव जित्न मात्रै पहल गर्ने तर नेतृत्वमा पुगेपछि विकास निकास दिन नसक्ने भएकाले भ्रममा नपर्न आग्रह गरे। ‘महेन्द्रपुलको चाहना र निर्मलपोखरीको चाहना फरक छ। विपक्षी पहिलै विकास भएको महेन्द्रपुल देखाएर अफवाह फैलाउँदै हिडेका छन्’- उनले भने-‘देशभरकै विकास गरेको जस लिनेले आफ्नै निर्वाचन क्षेत्रमा खानेपानीको हाहाकार किन देखेनन् ?’

चालिसेले आयआर्जनमा आत्मनिर्भर बनाउन आफ्नो पार्टीको योजना रहेकोले त्यसलाई कार्यान्वयन गर्ने अवसर जुर्टाईदिन मतदातासँग आग्रह गरे। दिएको मत जनताको हितमा हुनुपर्ने भन्दै उनले बजेट अभावमा परेको यस निर्वाचन क्षेत्रको जिम्मा आफूले लिने दावी गरेका छन्। योजनाबद्ध तवरबाट पर्यटन, स्वास्थ्य शिक्षा विकास निर्माणमा सेवक भएर काम गर्ने बताउँदै निर्मलपोखरी बासीले मन परिवर्तन गरी रुख चिन्हमा मत दिएर काँग्रसको उम्मेदवारलाई जिताउन आग्रह गरे।

प्रदेशसभा क का उम्मेदवार गुरुप्रसाद बरालले स्थानीयसँग हातेमालो गर्दै विकासमा जोड दिन आवश्यक भएको उल्लेख गरे। ‘जनताको आवश्यक्ता काँग्रेसले मात्रै पूरा गर्छ। हामी समृद्धीको ढोका खोल्न बलियो टिम लिएर आएका छौं, उनले भने-भोट माग्न मात्रै होर्इन, सँधै तपाईँहरुसँगै रहन्छौं। हामीलाई भोट दिनुस्।’

घरदैलोमा काँग्रेस नेता नरबहादुर राना, केवल गिरी, वृन्दा राना, गुरु बराल, केशर निदोर्षी, शोभाखर लामिछाने, मीनाकुमारी थापा, पवित्रा भण्डारी, खडानन्द लामिछाने, कुलबहादुर भण्डारी, प्राडा रामचन्द्र पोखरेल, सुवेदार भीमबहादुर राना, युवा नेता नारायण थापा, बलबहादुर नेपाली, बलबहादुर आले लगायतले विकासको लहरका लागि काँग्रेसलाई विजयी गराउन आग्रह गरे।

स्थानीय चुनावबाट जनता सचेत भैसकेको भन्दै निर्मलपोखरीबासीले चालिसे र बराललाई विजयी गराउने दोहोर्‍याए।

- अादर्श समाज सम्वाददाता