महायज्ञमा  एक करोड ८० लाख संकलन गर्दै सक्कियो महायज्ञ

हेमजा, १३ मंसिर। हेमजा स्थित अम्विका माध्यमिक विद्यालयमा मंसिर ५ गतेदेखि जारी श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ बुधवार सकिएको छ। महायज्ञमा एक करोड ८० लाख संकलन भएको छ। जसमा सबैभन्दा बढी सुर्इखेतका प्रेमप्रसाद अधिकारीले छ लाख २५ हजार दान गरेका छन्।

यज्ञमा बुधवार पाँच लाख बढी संकलन भएको छ। यज्ञ करिव २२ हजारको हाराहारीमा भक्तजनले अवलोकन गरेको बताइएको छ। यज्ञबाट जमिन व्यवस्थापन गरी पूर्वाधार खडा गर्ने तथा सीपमुलक प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्य लिइएको छ।

महायज्ञमा बुधवार कुलबहादुर खत्रीबाट १२ हजार एक सय ५५, कृष्ण दवाडी माछापुच्छे्र-८ बाट पाँच हजार पाँच सय ५५, मित्रकुमारी सुवेदी पोखरा-२४ बाट पाँच हजार पाँच, जगत विक पोखरा १९ बाट १५ हजार, चेतबहादुर गुरुङ पोखरा २९ बाट पाँच हजार पाँच सय, निर्मल दियाली सुनार पोखरा २८ बाट  पाँच हजार पाँच सय, रामराज लामिछाने पोखरा ९ बाट २५ हजार पाँच सय ५५, कमलमणि त्रिपाठीबाट ११ हजार एक सय १५, शुसिलादेवी पौडेल माछापुच्छे्र ६ बाट ११ हजार एक सय २५, गोविन्द अधिकारीबाट ११ हजार पाँच सय ५५, हरिप्रसाद पौडेलबाट १३ हजार छ सय ५५, हिमालय आ.विबाट ११ हजार एक सय ११, रुद्रनाथ पौडेलबाट  १२ हजार तीन सय ४५, भानु गौतमबाट ३० हजार तीन सय ३५ प्राप्त भएको छ।

त्यसैगरी देवकृष्ण तथा गोविन्द पौडेलबाट १५ हजार एक सय पाँच, दीलबहादुर तथा दमन्ती कार्कीबाट  २१ हजार एक सय ५५, विष्णुप्रसाद बास्तोलाबाट ११ हजार एक सय ५५, विष्णु अधिकारीबाट पाँच हजार एक सय पाँच, लेखनाथ पौडेलबाट ११ हजार एक सय ५१, दुर्गा तामाङबाट २५ हजार पाँच सय ५५, सविता सापकोटा पोखरा १२ बाट पाँच हजार पाँच, शिवलाल पौडेलबाट ११ हजार एक सय २१, विष्णुपादुका क्लबबाट ११ हजार एक सय १५, राप्रपा कास्कीबाट २५ हजार पाँच सय, गंगादेवी कुँवरबाट पाँच हजार पाँच, चक्रपाणि दाहालबाट पाँच हजार सात सय २६, भूप विद्यार्थी मञ्च अम्विका माविबाट ११ हजार एक सय ११, विष्णुकुमारी राना मगरबाट ११ हजार एक सय ११, टोपली अधिकारीबाट एक लाख ११ हजार एक सय ११, भुमेश्वर मावि धितालबाट ११ हजार एक सय ११ मुल समितिलाई प्राप्त भएको सहकोषाध्यक्ष सुवाश भण्डारीले जानकारी दिए।

त्यसैगरी कृष्णप्रसाद पौडेलबाट ११ हजार एक सय १५, इश्वरीप्रसाद पौडेलबाट ११ हजार एक सय १५, तुलकुमारी थापाबाट ११ हजार एक सय ५१, एकनाथ साथै गंगा पौडेलबाट २५ हजार पाँच सय २५, हातेमालो टोल सुधार समिति माछापुच्छे्र ७ बाट ११ हजार एक सय ५५, नेरेसो हेमजा उपशाखाबाट पाँच हजार पाँच सय ५५, सुकदेवी ज्वारचनबाट ५० हजार ५५, मनपति अधिकारीबाट एक लाख ५५ हजार पाँच सय ५५, केफ उच्च मावि सिम्पानीबाट पाँच हजार एक सय ११, मसिना गुरुङ माछापुच्छे ३ बाट पाँच हजार पाँच,प्रेमहरीदत्त शर्मा ५ हजार पाँच, रधुनाथ शर्मा अधिकारीबाट पाँच हजार पाँच सय पाँच, दिननाथ देवकोटाबाट १३ हजार पाँच सय, सूर्यबहादुर भुजेल लेकसाइडबाट पाँच हजार पाँच, शालिकग्राम परिक्रमा पेटिकाबाट १८ हजार छ सय ३०, मणिरत्न अधिकारीबाट एक लाख ६० हजार एक, नेत्रपाणि बास्तोलाबाट १५ हजार पाँच सय ५५, विष्णु अधिकारीबाट पाँच हजार पाँच पनि प्राप्त भएको छ ।

त्यस्तै गंगादेवी रानाले पाँच हजार, भरतराज पौडेलले ११ हजार एक सय १५, दुर्गाप्रसाद अधिकारी अस्तामले पाँच हजार एक, निर्देशप्रसाद कोइराला पोखरा ४ ले ११ हजार पाँच सय ६०, चन्द्रकान्त पौडेलले ११ हजार एक सय ११, गंगादेवी पौडेलले एक लाख ५१ हजार एक सय ५१, शोभाकर पौडेलले १६ हजार पाँच र ठाकुरप्रसाद त्रिपाठीले पाँच हजार पाँच सय पनि दान दिएका छन।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी राष्ट्रिय धर्म समाज कास्कीका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता कृष्णप्रसाद चापागाईले नेपालमा प्राविधिक शिक्षाको आवश्यकता औल्याउदै गरी खाने शिक्षा हुनुपर्नेमा जोड दिएका थिए।

महायज्ञका अध्यक्ष केशवराज भण्डारी, यज्ञका संरक्षक खगेन्द्रराज पौडेलले, प्रधानाध्यापक हरीकुमार श्रेष्ठ, कोषाध्यक्ष नवराज अधिकारीले अम्विकालाई नमुना प्राविधिक शिक्षालयको रुपमा विकास गरी छाड्ने प्रतिबद्घता जनाए। महायज्ञकासवैको सकारात्मक सोचबाट यज्ञ सम्पन्न भएको दावी गरे।

त्यस्तै कार्यक्रममा राप्रपाका नेता जयलाल पुन, सबैभन्दा धेरै दान गर्ने प्रेमप्रसाद अधिकारी, महासचिव नेत्रपाणि भण्डारी, गणेशको भुमिकामा रहेका मणिरत्न अधिकारी लगायतले बोलेका थिए ।

यसैबीच महायज्ञमा सहयोग गरेका विभिन्न व्यक्ति एवं संघ संस्थालाई पनि आयोजकले सम्मान गरेको छ। कार्यक्रम महायज्ञका महासचिव नेत्रपाणि भण्डारीले सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता