पोखरा फाइनान्सको १० औं शाखा लाहाचोकमा

पोखरा, ११ मंसिर। पोखराको न्यूरोडमा प्रधानकार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले आफ्नो १० औं शाखा सञ्चालनमा ल्याएको छ।

फाइनान्सले सोमबारदेखि माछापुच्छे्र गाउँपालिका वडा ४, लाहाचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

ग्रामीण क्षेत्रमा समेत शाखा खोल्ने उद्देश्य अनुरुप स्थापित उक्त शाखाको उद्घाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए।

वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा वडाध्यक्ष पूर्णबहादुर शाही, महेन्द्र माविका प्रअ गोविन्दप्रसाद अधिकारीले शुभकामना दिए।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले स्वागत तथा सञ्चालक माया गुरुङले धन्यवाद ज्ञापन गरेका थिए।

चुक्ता पुँ’जी ६५ दशमलव ५७ करोड रहेको उक्त संस्थाले २०७४ असोज मसान्तसम्ममा निक्षेप तीन अर्ब ८० करोड तथा कर्जा लगानी तीन अर्ब ५३ करोड पुर्‍याएको जनाएको छ । बैंकको जगेडा कोषमा ४२ करोड ५३ लाख रुपैयाँ छ।

लाहाचोक शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा तथा आस्वा लगायत सेवा दिनुका साथै निकट भविष्यमा १५ प्रतिशत हकप्रद एवं आव २०७३/७४ को मुनाफा वितरणबाट नेपाल राष्ट्र बैंकद्वारा तोकिएको चुक्ता पुँ’जी ८० करोड पुर्‍याउने प्रमुख कार्यकारी अधिकृत गुरुङले जनाए दिए।

- अादर्श समाज सम्वाददाता