प्याब्सन मिटमा फुटबल जारी

पोखरा, ११ मंसिर । १५ औं संस्करणको प्याब्सन मिटअन्तर्गत सोमबार सिनियर र जुनियरतर्फको  फुटबल खेल जारी रहे।

भण्डारढिक रंगशाला र नेपाल आदर्शको खेल मैदानमा जुनियर तर्फका खेल र हेमजाको विष्णुपादुका तथा गौरीशंकर माविको खेल मैदानमा सिनियरतर्फ नकआउट चरणका खेल भए ।

सिनियरतर्फ बालविद्यालय अमरज्योतिलाई ४-०, अल्फाले प्रतिभालाई २-१, ग्लोवल कलेजियटले फेवा पव्लिकलाई १-०, सोसियल पव्लिकले पोखरा पव्लिकलाई ४-१ गोलअन्तरले पराजित गरे।

त्यस्तै, बाल कल्याणले एक्स आर्मीलाई ४-०, नेपाल आदर्शले सरस्वतीलाई ६-०, विद्या निकेतनले डायमण्डलाई २-१, हिमाञ्चलले पिकेजी बोर्र्डिङलाई ३-१ र लक्ष्मी आवासीयले धौलागिरीलाई टाइब्रेकरमा ५-४ गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश पाए ।

उता, जुनियरतर्फ स्नो भ्यूले बाल प्रभातलार्ई ४-०, न्यू मिलिनियमले डायमण्डलाई ४-१, नेपाल आदर्शले जेसिए बोर्र्डिङलाई ५-०, रेन्वोले मेरीगोल्डलाई ३-१, धौलागिरीले निलगिरीलाई ३-०, फिस्टेलले नोवललाई ४-३, ज्योतिकुञ्जले न्यू ऐरालाई ६-० र शान्तिदीपले बेसलाइनलाई २-० गोलअन्तरले पराजित गरे ।

आयोजक प्याब्सन कास्की सचिव मथुरा पौडेलले जुनियरतर्फ ४८ र सिनियरतर्फ ७२ विद्यालयका टिम प्रतिष्पर्धामा छन्।

- एजेन्सी