आदर्श युवा क्लबमा नयाँ नेतृत्व

लेखनाथ, १० मंसिर। खेलकुदको क्षेत्रबाट अगाडि बढेको आर्दश युवा क्लब पोखरा लेखनाथ २९ को १८ औं वाषिर्क साधारणसभा तथा १० औं अधिवेशनले आगामी कार्यकालका लागि लक्ष्मीप्रसाद भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

कोषाध्यक्ष पदमा बाहेक अन्य पदमा भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी रोशन अधिकारीलाई १२ मतले पछि पार्दै भण्डारी पुन नयाँ कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्।

यसैगरी, क्लबको उपाध्यक्षमा किसान गुरुङ, सचिवमा पदम गुरुङ, सहसचिवमा लक्ष्मी पुन र कोषाध्यक्षमा सञ्जीव न्यौपाने रहेका छन् भने समितिका सदस्यमा लक्ष्मण सुनार, ओमप्रकाश गुरुङ, भीमबहादुर गुरुङ, विश्वास गुरुङ, वीरेन्द्र हमाल र उद्धव गिरी रहेका छन्।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै सस्थापक अध्यक्ष तथा पोखरा लेखनाथ महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष चेतबहादुर गुरुङले युवालाई खेलकुदका क्षेत्रबाट अगाडि बढाउन र प्रस्तावित खेल मैदानलाई र क्षेत्रीयस्तरको रङ्शाला बनाउनका लागि सबैको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिए।

सोही अवसरमा क्लबका पूर्व अध्यक्ष विजय गुरुङ, सामुदायिक सेवा सेवा केन्द्र लेखनाथका अध्यक्ष ज्ञानेन्द्र बजगाई, सैनिकवस्ती ग्रुप नं १ का अध्यक्ष सुवेदार चन्द्रबहादुर गुरुङ, ग्रुप नं  २ का अध्यक्ष जितबहादुर गुरुङ, क्लबका सल्लहकार रामबहादुर गुरुङ, क्लबका कानुनी सल्लाहकार अधिवक्ता मदनप्रसाद तिवारीलगायतले बोलेका थिए। कार्यक्रमको सञ्चालन सदस्य पदम गुरुङले गरेका थिए भने स्वागत मन्तव्य निर्वतमान अध्यक्ष विशाल श्रेष्ठले राखेका थिए।

- अादर्श समाज सम्वाददाता