पोखरा बहुमुखीको वाषिर्कोत्सवमा भलिबल

पोखरा, ९ मंसिर। नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसले ३१ औं वाषिर्कोत्सव विविध कार्यक्रमसहित मनाउने भएको छ।

वाषिर्कोत्सव अवसरमा क्याम्पस परिसरमा शनिबार भएको छात्रछात्रा भलिबल प्रतियोगितामा छात्रतर्फ बीबीएस प्रथम वर्ष र छात्रातर्फ बीए तेश्रो वर्षको विद्यार्थीको टिमले उपाधि हात पारे।

छात्रतर्फ बीबीएस प्रथम वर्षको समूहले बीसीएस तेश्रो वर्षलाई २५-१३ र २५-१७ को सेटमा र छात्रातर्फ बीए तेश्रो वर्षको समूहले बीबीएस तेश्रो वर्षलाई २५-२२ र २५-१५ को सेटमा पराजित गरी उपाधि जितेका हुन्।

छात्रतर्फ ४ र छात्रातर्फ २ समूहले भाग लिएका थिए। प्रतियोगिताको पहिलो खेलमा छात्रतर्फ बीबीएस पहिलो वर्षको समूहले बीबीएस दोश्रो वर्षको समूहलाई २५-१५ र २५-१७ को सेटमा पराजित गरेको थियो।

त्यस्तै, दोश्रो खेलमा बीबीएस तेश्रो वर्षले बीबीएस चौथो वर्षको समूहलाई २५-१८ र २५-१२ को सेटमा पराजित गरेको थियो।

सामुदायिक क्याम्पस पोखरा बहुमुखीले वाषिर्कोत्सव अवसरमा आयोजना गरेको खेलकुद कार्यक्रमअन्तर्गत शनिबार छात्रछात्रा भलिबल प्रतियोगिता गरेको हो।

क्याम्पस प्रमुख शिशुकला पराजुलीका अनुसार फुटसल सहित, रक्तदान, निबन्ध र कवितावाचन कार्यक्रम हुनेछन्। क्याम्पसमा स्नातक तहसम्म व्यवस्थापन र मानविकी संकायमा पढाइ हुन्छ।

- एजेन्सी