महायज्ञमा १५ लाख बढी संकलन

हेमजा, ६ मंसिर । अम्बिका माविमा शुरु श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा बुधबारसम्म १५ लाख रुपैयाँ बढी संकलन भएको छ ।

बुधबार स्वर्णमहोत्सव मूल समारोह समितिका अध्यक्ष शोभाकर भण्डारीले नगद दुर्इ लाख २२ हजार दुर्इ सय २२, गुरुयोजना निर्माण समितिका अध्यक्ष तीर्थ लुइँटेलबाट एक लाख १५ हजार पाँच सय ५५, महायज्ञका सह-कोषाध्यक्ष सुवाश भण्डारीबाट एक लाख २५ हजार पाँच सय ५५, महायज्ञका संरक्षक एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष खगेन्द्रराज पौडेलबाट एक लाख एक हजार एक सय ११, महायज्ञका अध्यक्ष केशवराज भण्डारीबाट एक लाख ११ हजार एक सय ११, महायज्ञका महासचिव नेत्रपाणि भण्डारीबाट एक लाख ५५ हजार पाँच सय ५५ रकम घोषणा भएको छ।

त्यस्तै, महायज्ञका कोषाध्यक्ष नवराज अधिकारीबाट एक लाख ११ हजार एक सय ११, उपमहासचिव भरतराज अधिकारीबाट एक लाख तीन हजार पाँच, ठूलो प्रेमप्रसाद अधिकारीबाट एक लाख एक हजार एक सय ११, गणेशबहादुर गुरुङ पोखरा-१ बाट पाँच हजार पाँच सय, कृष्णबहादुर थापा हेमजाबाट ११ हजार एक सय ११, म्याग्दी छन्त्याल आमा समूहबाट सात हजार पाँच, जनकल्याण आमा समूह साझाचोक हेमजाबाट ११ हजार २५, सक्रिय आमा समूह फेदीबाट ६० हजार तीन सय ५५, सिर्जनशील आमा समूह सुइँखेतबाट ६५ हजार एक सय ११, धर्मा थापामगर हेमजाले पाँच हजार एक सय पाँच महायज्ञलाई सहयोग गरे।

त्यस्तै, जनकल्याण आमा समूहबाट १३  हजार पाँच सय बराबरको धान चामल, सक्रिय आमा समूहबाट छ हजार बराबरको धानचामल तथा सिर्जनशील आमा समूहबाट ३६ हजार बराबरको धानचामल गरी बुधबार बेलुकासम्म ५५ हजार पाँच सय बराबरको जिन्सी पनि आयोजकलाई प्राप्त भएको मूल आयोजक समिति कोषाध्यक्ष नवराज अधिकारीले जानकारी दिए ।

हेमजास्थित अम्बिका विद्यालय परिसरमा मंगलबार पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले महायज्ञ उद्घाटन गरेका हुन् ।

महायज्ञमा वाचनप्रवीण पं. दीनबन्धु पोखरेल प्रमुख वाचक, धु्रवशरण बस्याल सहवाचक छन्।

बुधबार बिहान ७ बजे पूर्वा· बरणी र त्यसपछि कथा प्रारम्भ गरिएको थियो । प्रत्येक दिन बिहान ९ देखि ११ बजेसम्म पूजा अर्चना, ११ बजेदेखि साँझ ५ बजेसम्म कथावाचन, झाँकी, सम्मान कार्यक्रम र साँझ आरती पुष्पाञ्जली र गुरुहरुबाट टीकाप्रसाद ग्रहण गर्ने नियमित कार्यक्रम मूलसमितिले तय गरेको छ ।

प्राविधिक शिक्षालय स्थापनार्थ शुरु महायज्ञ यही मंसिर १२ गतेसम्म चल्नेछ । महायज्ञबाट करिब तीन करोड आर्थिक संकलन गर्ने लक्ष्य लिइएको महायज्ञ संयोजक केशवराज भण्डारीले बताए ।

- अादर्श समाज सम्वाददाता