कोप्स नेपालको अनुशिक्षण कार्यक्रम

लेखनाथ, ३ मंसिर। कोअपरेटिभ प्रेसिडेन्टस सोसाईटी नेपालको सहकारी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सहकारीका अध्यक्षहरूको साझा चौतारी समाजले पोखरा र लेखनाथ भिन्दाभिन्दै स्थानमा सो अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको संस्थाका सचिब रामचन्द्र शर्माले जानकारी दिए।

सहकारी अभियानमा सक्रिय अध्यक्षहरूको समूह निर्माण ,समन्वय संचार ब्यबसायिक सीप उधमशिलता र उत्पादनमुखी कार्ययोजना नेतृत्व क्षमता सीप सहकारीबीच एकरूपता र भाईचाराको भाबना बिकास गराउने उदेश्यका साथ उक्त अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको सहकारी अध्यक्ष समाज नेपालका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए।

संस्थाले यसको प्रभावकारीता र क्षेत्रलाई फराकिलो बनाई सबै सहकारीलाई उत्पादनमा जोडने उद्देश्य राखी शुक्रवार पोखरा लेखनाथ २५ हेमजाको रिभरडेल रेस्टुराकक, शनिवार बिहान पोखरा लेखनाथ तालचोक स्थित सुयोदय पाटी प्यालेस र शनिबार दिउसो पोखरा जिरो किमीमा रहेको गोल्डन पाटी प्यालेस मा बृहत छलफल गरि भिन्दाभिन्दै कलस्टर सेल निमाण गरेको छ।

तालचोक भेलाले कोप्स केन्द्रमा प्रतिनिधित्व गनका लागि गौतम ऋषि बचत तथा ऋण सहकारी संस्था लि अध्यक्ष तथा लेखनाथ उधोग बाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, लेखनाथ कोप्स सेलको संयोजकमा शिशुबा महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पुणिककमा बास्तोलाको संयोजमा ११ सदस्यीय प्रारम्भिक सेल समेत गठन गरेको छ। साथै पोखरामा भएको भेलाले अल्कापुर बचत तथा ऋण सहकारी का अध्यक्ष खेमनारायण पौडेल लाई कोप्स केन्द्रमा प्रतिनिधित्वका लागि छनौट गरेको छ भने कोलपाटन बचत तथा ऋण सहकारी संस्था अध्यक्ष रामचन्द्र पोखरेललाई पोखरा कोप्स कलस्टरलको संयोजकमा छनौट गरेको छ। भेलाले संस्थालाई अझ बढि गतिशिल व्यवस्थित र प्रभावकारी बनाउनका लागि सामूहिक प्रतिवद्धता समेत प्रकट गरेको छ। उक्त भेलामा कोप्सका सदस्य तुलसीप्रसाद पोखरेल, सचिब रामचन्द्र शर्मा, सल्लाहकार गोल्ड साकोसका अध्यक्ष बिष्णुप्रसाद बराल लगायतकाले आ आफनो धारणा राखेका थिए। उक्त कार्यक्रमको अध्यक्षता कोप्स नेपालका अध्यक्ष डिल्लीराम बरालले गरेका थिए।

- अादर्श समाज सम्वाददाता